काठमाडौं । राजधानीको ठमेलस्थित क्लब टेनएक्स्मा पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको छ ।
प्रतियोगितामा अभिनव थापा अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुम्न सफल भएका छन्। म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुमेवापत अब उनले आगामी मे महिनामा थाईल्याण्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । अभिनव खल्ती मिष्टर पपुलर तथा एम्पायर मिष्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाउन सफल भएका छन् ।
प्रतियोगितामा दिलिप नेपाली टेनएक्स मिष्टर फ्रेन्डशीप सहित मिष्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्न सफल भए भने युनिक तुलाधर रनर्सअपका भएका छन् । क्लब टेनएक्स्को सहकार्यमा ग्रुुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले अर्ना मिष्टर ट्यालेन्ट, सिद्धान्त केसीले ज्यासमिन मिष्टर फिजिक र विजय थापाले फोरेन्सिक मिष्टर फोटोजेनिक विधाको अवार्ड जितेका थिए ।
अग्रज कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागिहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण प्रदान गरेका थिए । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: