काठमाडौं । राजधानीको ठमेलस्थित क्लब टेनएक्स्मा पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको छ ।
प्रतियोगितामा अभिनव थापा अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुम्न सफल भएका छन्। म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुमेवापत अब उनले आगामी मे महिनामा थाईल्याण्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । अभिनव खल्ती मिष्टर पपुलर तथा एम्पायर मिष्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाउन सफल भएका छन् ।
प्रतियोगितामा दिलिप नेपाली टेनएक्स मिष्टर फ्रेन्डशीप सहित मिष्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्न सफल भए भने युनिक तुलाधर रनर्सअपका भएका छन् । क्लब टेनएक्स्को सहकार्यमा ग्रुुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले अर्ना मिष्टर ट्यालेन्ट, सिद्धान्त केसीले ज्यासमिन मिष्टर फिजिक र विजय थापाले फोरेन्सिक मिष्टर फोटोजेनिक विधाको अवार्ड जितेका थिए ।
अग्रज कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागिहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण प्रदान गरेका थिए । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...
आषाढ़ ११ गते, २०८३ - १९:३४
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार आह्वान भएको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्त...
आषाढ़ ११ गते, २०८३ - १९:२३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा साउन २१ गतेका लागि साधारण तारिख तोकेको छ। अदालतका सूचना...
आषाढ़ ११ गते, २०८३ - १९:२१
काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधा...
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...



प्रतिकृया लेख्नुहोस्: