Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन् ।

पाख्रिनले न्यायाधीश खतिवडामा कार्यसम्पादन क्षमता तथा खराब आचरण देखिएको भन्दै छानबिन गर्न माग गर्दै परिषद्मा उजुरी दिएका छन् । न्याय परिषद् ऐन, २०७३ ले न्यायाधीशमाथि कारबाहीको विभिन्न व्यवस्था गरेको छ । कार्यक्षमताको अभाव र बदनियत राखेको अवस्थामा परिषद्ले पहिलोपटक सम्बन्धित न्यायाधीशलाई सचेत गराउन सक्ने व्यवस्था छ ।

खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघनको हकमा भने न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त गर्ने तथा सर्वोच्चका न्यायाधीशलाई भने संसद्को महाअभियोगबाट हटाइने संवैधानिक व्यवस्था छ । तर, मिडियामा आए जतिका कतिपय विवादमा समय लम्ब्याएर कारबाही गर्न ढिलाइ गर्ने र त्यसरी हुने कारबाही सामान्य सरुवा प्रकृतिका हुने पाइएको छ ।

न्यायाधीश खतिवडाले वन्यजन्तु तस्करीमा संलग्न कोरियन नागरिकलाई गत २६ असोजमा पाँच लाख सजाय सुनाएर सामान्य प्राकृतिको मुद्दाको जसरी न्याय निरुपण गरेको उजुरीमा उल्लेख छ । डिभिजन वन कार्यालय काठमाडौंले ति कोरियन नागरिकविरुद्ध कस्तुरीको बिना तस्करीमा संलग्न भएको आरोपमा १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै सजाय माग दावी गरिएकोमा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मर्मविपरित फैसला गराई न्यायाधीशको काम कर्तव्य र अधिकारको दुरुपयोग गरी कार्यसम्पादन तथा न्यायनिरुपण गर्दा न्यायिक विचलन परी फैसला गरेको पाख्रिनले आरोप लगाएका छन् ।

कस्तुरीको विना चोरी– तस्करीमा संलग्न भएका कोरियन नागरिकलाई दोषी ठहर गरे पनि ५ लाख धरौटीमा छाड्ने आदेश गरेपछि अनुसन्धान अधिकृतहरु पनि असन्तुष्ट रहेका छन् । अदालतले पाँच लाख रुपैयाँमा जरिमानामा छाड्न आदेश दिए लगतै कोरियन नागरिक स्वदेश फर्किसकेका छन् । कोरियन नागरिक जंग जुनजुनले नेपालमा सयौ कस्तुरी मारेर तस्करी गरेको अनुसन्धानबाट खुलेको थियो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले २१ असोजमा कोरियन नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेपनि २५ असोजमा सजाय निर्धारण गर्दा भने ५ लाख जरिमाना मात्रै भराउने फैसला गरेका थिए । कोरियन नागरिक जुन कस्तुरीको बिना तस्करीको लागि नेपालमा १६ पटकभन्दा बढी आउजाउ गरेको तथ्य समेत खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेर अनुसन्धान गर्दा कस्तुरीको बिना आफूले तस्करी गरेर लैजान लागेको स्वीकार समेत गरेका थिए ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० को खण्ड (क) अनुसारको अपराधको सजाय दाबी गरी ३१ भदौ ०७९ मा कोरियनविरुद्ध मुद्दा दायर भएको थियो । सो दफाअनुसारको अपराधमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १९ लाख जरिवनाा वा दुवै सजाय हुने प्रावधान छ । जसमा न्यूनतम पाँच लाख मात्र जरिवाना गरिएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

राष्ट्रियसभाको अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनज...

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न त्रिविको आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा...

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending