काठमाडौं । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।
आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उष्कृष्ट गन्तव्य हो भने ।
उनले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गरे ।
गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको बताए । उनले लगानीको प्रतिफल बिनाझन्झट स्वदेश फिर्ता गर्न थप नीतिगत सुधार गर्नुपर्ने सुझाव दिए ।
दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले लगानी सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै नेपालमा लगानीको समग्र नीति, कार्यविधि र संरचनागत व्यवस्थासम्बन्धी प्रस्तुति दिएका थिए । उनले लगानी बोर्डले अध्ययन गरिरहेका केही सम्भावित परियोजनाका बारेमा जानकारी पनि गराए ।
साउदर्न एकेडेमी समूहका प्रमुख कार्यकारी अधिकृत मन केसीले एनआरएनका तर्फबाट नेपालमा लगानीका सम्भाव्य विकल्पका बारेमा उल्लेख गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: