Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

महँगाे बन्दै नेपाली भान्सा

आलु प्याजले समात्यो अवैध बाटो, वैध व्यापारी पलायनको चपेटामा

खबरडबली संवाददाता

वीरगन्ज । तरकारी तथा फलफूल समेत आयात हुने कृषि प्रधान मुलुकका आलु–प्याज व्यापारी सरकारकै कर नीतिका कारण पलायन हुने अवस्थामा पुगेको छ । चालु आर्थिक बर्षका लागि नेपाल सरकारले लिएको कर नीतिका कारण आलु प्याजमा १३ प्रतिशत भ्याट थप हुँदा आलु प्याजको वैध व्यापार गर्ने व्यापारी पलायन हुने अवस्था पुगेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा ३२ अर्बको मात्र फलफूल तथा तरकारी आयात भइसकेको मुलुकको भन्सार जाँजचासमा लागेको करले नेपालीको भान्सा महँगिने मात्र नभई सीमा क्षेत्रमा आलु प्याजमा मौलाएको अवैध आयातले वैध व्यापारी धमाधम सटर बन्द गर्न थालेका छन् । वीरगन्जको घण्टाघर नजिक गोदाम संचालन गरी आलु र प्याजको कारोबार गर्ने राजकुमार गुप्ता केही तीन महिना अगाडी सटर बन्द गर्न बाध्य भए । अवैध व्यापारसँग प्रतिस्पर्धा गर्न नसकी उनले सटर बन्द गर्नु परेको दुखेसो गरेका छन् ।

भन्सार जाँचपास गराउँदा लाग्ने अतिरिक्त करसहित भ्याटको कारण बढेको कर छल्न अवैध कारोबार ह्वात्तै बढेको छ । खुल्ला सीमाको प्रयोग गरी अवैध कारोवार बढ्दा आलु प्याजको वैध बाटो खुम्चिएको उद्योगी व्यापारीहरुको छाता संगठन वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । ‘ग्रे च्यानलबाट आउने अवैध व्यापारसँग वैध व्यापार गर्ने व्यापारी कर तिरेर प्रतिस्पर्धा गर्न नसक्दा सरकारी नीति नै वैध व्यापारीको लागि गलपासो भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपालले बताए ।

खुल्ला सीमा भएको मुलुकको सीमा क्षेत्रमा हिजो आज सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बल र अन्य नियमनकारी निकायसँगको मिलिभगतमा खुलेआम आलु प्याज अवैध बाटोबाट भित्रिरहेको छ । साइकल, मोटरसाईक, टेम्पो, अटो मात्र नभई ठूला सवारीमा समेत सीमाको सुरक्षार्थ खटेका व्यक्ति र निकायलाई मिलाई खुल्लम खुल्ला अवैध तरिकाले आलु प्याज भित्रिदा समस्या बढेको व्यापारीहरुको गुनासो छ ।

सरकारी कर नीतिको कारण अवैध व्यापार बढ्दा एकडेड सय गाडी भित्रिने यो समयसम्म यो बर्ष जम्मा १५/२० गाडी मात्र आलु प्याज आयात भएको स्थानीय व्यापारी मुन्ना कुमारले बताए । यो तथ्याँकले वैध व्यापार गर्ने व्यापारी स्वतः सटरबन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । ठूलो परिणाममा अवैध व्यापार भए थोरै परिणाम हुने वैध व्यापारले राजश्वमा पनि राम्रो योगदान गर्न नसक्ने उनको तर्क छ ।

उद्योगी व्यापारीहरुको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघ वीरगन्जको सभाहलमा सहभागी भई पीडित आलु व्याज व्यापारीले मंगलबार पत्रकार सम्मेलन मार्फत धरातलीय यथार्थ पनि बताए । वैध व्यापारलाई मार पर्ने गरी अवैध व्यापारमा बल पुग्ने सरकारी कर नीति शंसोधन गर्नु पर्ने पलट ट्रेडिङ्गका संचालक समेत रहेका व्यापारी मुन्ना कुमारको भनाइ छ ।

चालू आर्थिक वर्षको ७ महिनामा ३२ अर्ब रुपैयाँ बराबरको फलफूल र तरकारी मात्र आयात हुनु नै दूर्भाग्य भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालले बताए । यो तथ्याँक नेपाल सरकारको भन्सार विभागकै हो । ३२ अर्ब मध्ये तरकारी मात्र १९ अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको र बाँकी फलफूल भने १२ अर्ब ४० करोड बराबरको आयात भएको संघले पनि जनाएको छ । भंसार विभागको तथ्याँकमा नै खाद्यान्न मात्र नभई कृषि प्रधान देशमा तरकारी तर्फ पनि परनिर्भर हुनु राम्रो संकेत नभएको संघको दावी छ । सरकारी नीतिकै कारण अवैध च्यानल अझ मजबुत हुनु र सीमाको सुरक्षार्थ खटेको सशस्त्र प्रहरी बल र राज्यका नियमनकारी निकायकै मिलिभगत हुनु झन खतरनाक भएको व्यापारीहरुको तर्क छ ।

नेपालीको भान्सासँग प्रत्यक्ष जोडिने आलु प्याज जस्तो तरकारीमा समेत सरकार अनुदार हुनु विडम्बना भएको वीरगन्ज उद्योग बाणिज्य संघको भनाइ छ । मुलुक भित्र उत्पादित आलु प्याजले बर्षको करिब ४ महिनासम्म मात्र थेग्ने अर्का आलु प्याज व्यवसायी बाबा बैजनाथ सब्जी भण्डारका संचालक राजेश गुप्ताले बताए । आलु प्याज जस्तो दैनिक उपभोग्य तरकारीमा समेत भ्याट लागी अवैध बाटो मौलाउनु राम्रो संकेत नभएको वीरगन्ज उद्योग बाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले पनि तर्क गरे । नेपाल सरकारबाट आलु, प्याजमा भ्याट लागु गरेका कारण आलु प्याजसँग सम्बन्धित व्यापारीहरु मर्कामा परेका छन् उनले भने ।

एकातिर अवैध बाटो भई भित्रिएको आलु प्याजले सरकारको राजस्वमा ह«ास आइरहेको छ भने अर्कोतिर अवैध रुपमा भित्रिएको आलु प्याजसँग वैध बाटोबाट भित्रिएको आलु प्याजले प्रतिस्पर्धा गर्न नसकी यससँग सम्बन्धित व्यापारीहरु नै विस्थापित हुने अवस्थामा पुगेको अर्का व्यवसायी राकेस गुप्ताले दावी गरे ।

आयातमा मात्र भर पारिएको मुलुकको चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निर्याततर्फ ८ दशमलब ८२ प्रतिशत मात्र योगदान भएको तथ्याँकले देखाएको छ । आयात निर्यातको समग्र तथ्याँकमा ९१ दशमलब १८ प्रतिशत आयातमा कैद भइएको पुष्टि सरकारी तथ्याँकले नै गरेको छ । यो भनेको चालु आर्थिक वर्षको सात महिनामा जम्मा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएकोमा ८ खर्ब ९७ अर्ब ९४ करोड बराबरको वस्तु आयात मात्र भएको खुलेको छ । बाँकी ८६ अर्ब ८३ करोड बराबरको वस्तु मात्र निर्यात हुँदा मुलुकको व्यापार घाटा तुलना गर्ने लायक नै नभएको नेपाल सरकारको केन्द्रीय भन्सार विभागको तथ्याँकमा उल्लेख छ ।

तर पनि नेपाल सरकारले वैदेशिक व्यापार तर्फ अझै सुक्ष्म अध्ययन नगर्नु दुःखद् पक्ष भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालको भनाइ छ । अहिलेको तथ्याँक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा देशको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड नाघ्नु कुनै तवरले पनि चित्त बुझाउने ठाउँ नभएको उनको तर्क छ । राजधानी दैनिकमायाे खबर रहेकेा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending