Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८१ आईतवार | 21st April, 2024 Sun
NIMB

मेयर हर्क साम्पाङले असहमति जनाएपछि बढेको विवाद मिल्यो

खबरडबली संवाददाता

धरान । वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय पारित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । 

बैठकमा नगरप्रमुख (मेयर) हर्कराज राई, उपप्रमुख आइन्द्रविक्रम बेघा तथा वडाध्यक्षबीच विवाद भएपछि बैठक केही समय रोकिएको थियो । दिउँसो बसेको बैठकमा सहमति जुटेको हो । कार्यपालिका बैठक सकिएपछि नगरसभा बैठक सुरु भएको छ । 

कार्यपालिका बैठकमा उपमहानगरपालिकाका विभिन्न वडागत र महाशाखागत बजेट रकमान्तरण (संशोधन) प्रस्ताव पेश गरिएको थियो । त्यस्तै गत वैशाख ३१ गतेको कार्यपालिका बैठकबाट स्वीकृत खरिद गुरुयोजनालाई संशोधन गरेर योजना तथा इन्जिनियरिङ महाशाखाबाट तयार भई पेश भएको संशोधित खरिद गुरु योजना स्वीकृत गर्ने प्रस्ताव पेश गरिएको थियो । त्यस्तै न्यायिक समितिसम्बन्धी कार्यविधि ऐन पनि संशोधन प्रस्ताव गरिएको थियो ।

बैठकमा उपप्रमुख बेघाले विभिन्न विषयगत समितिबाट आएका प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा प्रमुख राईले आफूलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएपछि विवाद उत्पन्न भएको थियो । प्रमुख राईले  आफ्नो जानकारी बिना आएको प्रस्ताव स्वीकार्य नहुने बताएपछि उपप्रमुख बेघाले कानुनबमोजिम र प्रक्रियाअनुसार विषयगत समितिमार्फत आएको प्रस्तावलाई पेश गरिएको बताए । 

कार्यपालिकाबाट पारित भएका विषयमा नगरसभामा छलफल जारी रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कतारका अमिर औपचारिक भ्रमणमा नेपाल आउँदै

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन्।  अमिरको यो भ्रमणबाट कतार र नेपालबीच...

अमेरिकाको तल्लो सदनमा युक्रेनलाई ६१ अर्ब डलरको राहत प्याकेज पारित

काठमाडौं । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ ।  युक्रेनलाई ...

ओलीको विश्लेषण- वामपन्थी एकता लाभदायी हुँदैन (पूर्णपाठ)

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता, ध्रुवीकरणप्रति अनिच्छा प्रकट गरेका छन्। २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन र त्यसले उत्पन्न...

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

गलकोट । विद्यार्थी सङ्ख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको...

शिक्षामन्त्रीले चाहेर मात्रै दलमा आबद्ध शिक्षकहरूलाई बर्खास्त गर्न सम्भव छ ?

काठमाडौं । राजनीतिक दलमा आबद्ध शिक्षकलाई सेवाबाट हटाउनेसम्मको कारबाही गर्ने शिक्षामन्त्रीको निर्णय कार्यान्वयनमा कैयौँ कठिनाइ रहेको जानकारले बताएका छन...

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

पर्सा । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति ...

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण, थप सहयोगका लागि अपिल

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु  रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उनको ...

मलामी बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन उपलब्ध गराउने

विराटनगर । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले मलामीका ...

‘ओलीले धेरैको मानमर्दन गरिसके, अझै २० वर्ष पार्टीको नेतृत्व गर्छु भन्न थालेछन्’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अंहकार कायम रहेको बताएका छन्।  शनिबार राजधानीको डिल्...

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक- प्रतिवेदनमाथि समूहगत छलफलपछि आजै पारित गर्ने

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies