Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

माओवादी स्थायी कमिटी बैठक- राष्ट्रियसभा अध्यक्षबारे ठोस निर्णय गर्ने

कांग्रेस महासमिति बैठकले पारित गरेको दस्तावेजमाथि चर्को आलोचना

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा गम्भीर छलफल भएको थियो ।

मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको हो । प्रवक्ता सापकोटाले विशेषगरी राष्ट्रियसभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशको सुझाव आएको बताए । 

बैठकमा कांग्रेसको चर्को आलोचना भएको छ। महासमिति बैठकले पारित गरेको दस्ताबेजदेखि हिन्दू राष्ट्र स्थापनाको पक्षमा भएको हस्ताक्षर अभियानप्रति माओवादी नेताहरूले गम्भीरतापूर्वक प्रश्न उठाएका हुन्।

कांग्रेस महासमितिको बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापादेखि उपसभापति पूर्णबहादुर खड्काको जनयुद्धलाई संकेत गर्दै दश वर्षे युद्ध आवश्यक नभएको उल्लेखसहितको नीति प्रस्ताव महासमितिको बैठकबाट पारित भएको थियो। त्यसले माओवादीका तरंग पैदा गरेको छ।

कांग्रेस नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यो अभियानलाई माओवादीका नेताहरूले संविधान विरोधी कदम भएको भन्दै आपत्ति जनाएका छन्।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । 

गठबन्धनभित्रबाटै कोशी प्रदेशमा भएको गडबडीका कारण माओवादी कांग्रेससँग सशंकित बन्न थालेको छ । कोशीमा गठबन्धनबाट सिटौला निर्वाचित हुँदा माओवादी नेतृ चम्पादेवी कार्की पराजित भएकी थिइन् । कार्कीलाई एमाले नेतृ रुक्मिणी कोइरालाले हराएकी थिइन् । त्यसयता राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छाड्न नहुने मत माओवादीमा सशक्त बन्दै गएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending