Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पूर्व युवराज पारसले चितवनमा स्कुल बसका चालकमाथि पेस्तोल तेर्साए

खबरडबली संवाददाता

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पारिवारिक सदस्य र अन्य सहयोगीसमेत १७ जनाको टोली लिएर गत शुक्रबार चितवनबाट राजधानी फर्किएका छन्। ७ गते पूर्व रानी कोमलको ७३ औं जन्मोत्सव मनाउन चितवन पुग्ने क्रममा पूर्व युवराज पारसले विद्यार्थी बोकेको सनराइज स्कूलको बसका चालकमाथि पेस्तोल तेर्साएको घटनाले सामाजिक सञ्जाल तातेको छ ।

तीव्र गतिमा कार हाँकिरहेका पारसलाई बसले बाटो नछाडेको निहुँमा पेस्तोल देखाइएको स्थानीयको आरोप छ । उक्त डरलाग्दो घटनालाई हालसम्म गुपचुप राखिएको भन्दै विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा अभिभावक एवम् क्रिकेट संघ नेपालका प्रशिक्षक अनिल अधिकारीले सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन् । उनका अनुसार गत साता चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसका चालकमाथि पेस्तोल तेर्स्याइएको थियो । पेस्तोल देखाउँदै तथानाम गालीगलौज गरिएको थियोे ।

घटनाबारे स्थानीय अभिभावकसँगै विद्यालय सञ्चालक समिति अध्यक्ष नवीन श्रेष्ठ र नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनाललगायत जानकार रहेको बुझिएको छ । विद्यालयका प्रधानाध्यापक शिव बगालेले पेस्तोल निकालेको घटनाबारे बस चालकले आफूहरुलाई साँझ जानकारी गराएको बताएका छन् । तर,ती व्यक्तिको हुलिया पारसको जस्तै भएपनि ठ्याक्कै ठम्याउन नसकिएको चालकले पछि वयान दिएका छन् ।

तीब्र गतिमा आएको कारलाई विद्यार्थी बोकेको बसले तुरुन्तै बाटो नछाडेपछि उक्त कारबाट उत्रिएका व्यक्तिले ड्राइभरसँग भनाभन गरेका थिए । लगत्तै कम्मरबाट निकालेर पेस्तोल ताकेको बताइन्छ । 

उक्त घटनाबारे सरोकारवाला निकायमा जानकारी गराए पनि गुपचुप राख्न खोजिएको भन्दै अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सनराइज स्कूलको विद्यार्थी बोकिरहेको बस ड्राइभरलाई केही दिनअघि पूर्व युवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको बिषयमा प्राचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी दिएँ । फोनबाट चितवन प्रहरी डिएसपीभावेश्वर रिमाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल,भरतपुर महानगर मेयर रेणु दाहाल,नगर शिक्षा अधिकारी महेन्द्र पौडेल,चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार,नेताहरु जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ,कृष्ण राज लब्लीलाई जानकारी गराएको छु ।’

उनका अनुसार केही विद्यार्थी र युवा नेतालाई उक्त घटनावारे जानकारी छ । सनराइज स्कूलका विद्यार्थी तथा स्टाफ सबैलाई थाहा भए पनि उनीहरु बोल्न डराइरहेको अधिकारीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भनेर पन्छिएको उनैले बताएका छन् । अगाडि लेखेका छन्, ‘विद्यार्थी बोकिरहेको स्कूल बसमा भएको यो घटना त्यत्तिकै गुपचुप रहन्छ कि अघि बढ्छ केही दिनमा थाहा हुनेछ ।’

पारसले विद्यार्थी बोकेको बसका चालकलाई पेस्तोल तेर्साएको सम्बन्धमा चितवन प्रहरीका एसपी रामेश्वर कार्कीले आफूहरुले पनि सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार सामाजिक सञ्जालबाट थाहा पाएको उक्त घटनाको वास्तविकता बुझ्ने प्रयास भइरहेको छ । जनआस्थाबाट 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending