Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पूर्व युवराज पारसले चितवनमा स्कुल बसका चालकमाथि पेस्तोल तेर्साए

खबरडबली संवाददाता

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पारिवारिक सदस्य र अन्य सहयोगीसमेत १७ जनाको टोली लिएर गत शुक्रबार चितवनबाट राजधानी फर्किएका छन्। ७ गते पूर्व रानी कोमलको ७३ औं जन्मोत्सव मनाउन चितवन पुग्ने क्रममा पूर्व युवराज पारसले विद्यार्थी बोकेको सनराइज स्कूलको बसका चालकमाथि पेस्तोल तेर्साएको घटनाले सामाजिक सञ्जाल तातेको छ ।

तीव्र गतिमा कार हाँकिरहेका पारसलाई बसले बाटो नछाडेको निहुँमा पेस्तोल देखाइएको स्थानीयको आरोप छ । उक्त डरलाग्दो घटनालाई हालसम्म गुपचुप राखिएको भन्दै विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा अभिभावक एवम् क्रिकेट संघ नेपालका प्रशिक्षक अनिल अधिकारीले सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन् । उनका अनुसार गत साता चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसका चालकमाथि पेस्तोल तेर्स्याइएको थियो । पेस्तोल देखाउँदै तथानाम गालीगलौज गरिएको थियोे ।

घटनाबारे स्थानीय अभिभावकसँगै विद्यालय सञ्चालक समिति अध्यक्ष नवीन श्रेष्ठ र नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनाललगायत जानकार रहेको बुझिएको छ । विद्यालयका प्रधानाध्यापक शिव बगालेले पेस्तोल निकालेको घटनाबारे बस चालकले आफूहरुलाई साँझ जानकारी गराएको बताएका छन् । तर,ती व्यक्तिको हुलिया पारसको जस्तै भएपनि ठ्याक्कै ठम्याउन नसकिएको चालकले पछि वयान दिएका छन् ।

तीब्र गतिमा आएको कारलाई विद्यार्थी बोकेको बसले तुरुन्तै बाटो नछाडेपछि उक्त कारबाट उत्रिएका व्यक्तिले ड्राइभरसँग भनाभन गरेका थिए । लगत्तै कम्मरबाट निकालेर पेस्तोल ताकेको बताइन्छ । 

उक्त घटनाबारे सरोकारवाला निकायमा जानकारी गराए पनि गुपचुप राख्न खोजिएको भन्दै अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सनराइज स्कूलको विद्यार्थी बोकिरहेको बस ड्राइभरलाई केही दिनअघि पूर्व युवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको बिषयमा प्राचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी दिएँ । फोनबाट चितवन प्रहरी डिएसपीभावेश्वर रिमाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल,भरतपुर महानगर मेयर रेणु दाहाल,नगर शिक्षा अधिकारी महेन्द्र पौडेल,चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार,नेताहरु जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ,कृष्ण राज लब्लीलाई जानकारी गराएको छु ।’

उनका अनुसार केही विद्यार्थी र युवा नेतालाई उक्त घटनावारे जानकारी छ । सनराइज स्कूलका विद्यार्थी तथा स्टाफ सबैलाई थाहा भए पनि उनीहरु बोल्न डराइरहेको अधिकारीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भनेर पन्छिएको उनैले बताएका छन् । अगाडि लेखेका छन्, ‘विद्यार्थी बोकिरहेको स्कूल बसमा भएको यो घटना त्यत्तिकै गुपचुप रहन्छ कि अघि बढ्छ केही दिनमा थाहा हुनेछ ।’

पारसले विद्यार्थी बोकेको बसका चालकलाई पेस्तोल तेर्साएको सम्बन्धमा चितवन प्रहरीका एसपी रामेश्वर कार्कीले आफूहरुले पनि सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार सामाजिक सञ्जालबाट थाहा पाएको उक्त घटनाको वास्तविकता बुझ्ने प्रयास भइरहेको छ । जनआस्थाबाट 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending