Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ठुला पक्की पुलको निर्माण वर्षौंदेखि अलपत्र हुँदा उदयपुरको त्रियुगा पुलको निर्माण तीव्र

खबरडबली संवाददाता

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ । मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको पुलको निर्माण तिब्र गतिमा भएको हो ।

त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ सुनकोशीलगायत जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की पुलको निर्माण वर्षौंदेखि अलपत्र परिरहेको अवस्थामा तोरीबारी कालीखोलाको यो त्रियुगा पुल भने निर्धारित समयसीमाभन्दा एक वर्षअगावै सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको  हो । 

दुई स्पान र तीन वटा पिल्लरको करिब नौ मिटर चौडाइ तथा ८२ मिटर लम्बाइ रहेको मोटरेबल पक्की पुल निर्माण गर्न वीरेन्द्रनगर सुर्खेतको वाइएसएस निर्माण कम्पनीले २०८० साल असोज १ बाट काम थालेको पूर्वाधार विकास कार्यालय उदयपुरका साइट इन्जिनियर विवेकानन्द झाले बताए । निर्माण सुरु गरेको करिब छ महिना पनि नबित्दै करिब ६५ प्रतिशत काम सम्पन्न गरेको र यही फागुनभित्रमा एउटा स्पान अर्थात् ४१ मिटर पुलको ढलान सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर झाले बताए ।

कुल ११ करोड ३६ लाख ८५ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी आफूहरूले २०८० साल वैशाख ११ गते सम्झौता गरेको र सो अनुरूप निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको थियो तर कार्यालयले भने सम्पन्न भएको काम अनुसार भुक्तानी नदिँदा आर्थिक अभाव उत्पन्न भई पुल निर्माणको काम अब भने प्रभावित हुन सक्ने अवस्थामा पुगेको निर्माण व्यवसायी महेशकुमार रेग्मीले बताए ।

निर्माण सम्पन्न भएको आधारमा करिब सात करोड रुपैयाँ भुक्तानी हुनुपर्ने र सो अनुसार बिलसमेत पेस गरिएकामा हालसम्म तीन करोड रुपैयाँ मात्र भुक्तानी भएको रेग्मीको भनाइ छ । काम सम्पन्न भएको खर्च मात्रै करिब चार करोड रुपयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए । 

प्रदेश सरकारले रकम नपठाउँदा भुक्तानीमा कठिनाई भएको कार्र्यालयले जनाएको छ । पुल निर्माणको कामसँगै त्रियुगा नदीको दुवै किनारामा पुलभन्दा माथिको भागमा दुई–दुई सय र तलको भागमा ५०–५० मिटर गरी करिब पाँच सय मिटर लामो तारजाली लगाएर नदी नियन्त्रणको कामसमेत सम्पन्न भइसकेको छ । रकम अभाव नहुने हो भने चालु आवको अन्त्यसम्ममा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लक्ष्मण बस्नेतले बताए ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले द्रुत गतिमा कार्य गर्ने निर्माण व्यवसायीलाई रकम अभाव हुन नदिन आफूले पहल गर्ने बताउनुभयो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending