काठमाडौं । काठमाडौं उपत्यकाका सरकारी कार्यालयका कर्मचारीहरूले चन्दाआतंकबाट पीडित भएको गुनासो गरेका छन् । विभिन्न दलका भ्रातृ संगठनहरूको चन्दाखातंक बढेपछि उनीहरूले गुनासो गरेका हुन् ।
विभिन्न दलका भातृ संगठनहरुले चन्दा माग्दै धम्क्याउने गरेको उनीहरूको भनाइ छ । केही समूहले पैसा नदिए मोसो दल्नेदेखि दुर्व्यवहारसम्म गरेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीमाथि मोसो दल्दै दुर्व्यवहार भइसकेको छ । यसमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू प्रमुख रहेको बताइएको छ ।
अरू धेरै कार्यालयका कर्मचारीले चन्दा माग्दै धम्की दिएको भन्दै प्रहरीमा उजुरी गरेका छन् । प्रहरीले यस्ता घटनामा संलग्न सन्तोष परियार र दीपेन्द्र परियारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मोसो दल्ने कतिपय फरार छन् भने केही पक्राउ परेका छन्। तर, पनि उपत्यकामा पैसा माग्ने क्रम नरोकिएको कारण सरकारी कार्यालयका कर्मचारीहरु त्रसित भएका छन् ।
प्रतिकृया लेख्नुहोस्: