Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित

खबरडबली संवाददाता

भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउनहुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छन् । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोगहुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आसिकोडाले काम नगर्दा आयात निर्यात नभएको भन्सार एजेन्ट महासंघ नेपालका सचिव कृष्ण प्रसाद घिमिरेले बताए ।

सर्भर डाउन हुने समस्या अहिलेको मात्रै होइन । बेला बेलामा सर्भर डाउन हुने गर्छ । सर्भर डाउन हुँदा आसिकोडा सफ्टवेयर चल्दैन । सफ्टवेयर नचलेपछि आयात निर्यातको कामै ठप्प हुन्छ । यस्तो गम्भिर विषयमा कार्यालय र विभाग कहिले पनि जिम्मेवार देखिने नगरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका घिमिरेले बताए ।

आयात निर्यात प्रभावित हुनु भनेको राजश्व प्रभावित हुनु हो । समयमै आयात निर्यात नहुँदा राज्यको दैनिक राजश्व संकलन प्रभावित हुन्छ। अर्कोतर्फ व्यवसायीले यातायात शूल्क, पार्किङ शूल्कलगायतका अन्य शूल्कको भार बहन गर्नुपर्ने घिमिरेको भनाइ छ।

आयात निर्यातका कुनै काम हुन नसकेको गुनासो व्यवसायीबाट आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । भन्सार नाकामा हुनु पर्ने चुस्तता नदेखिएको श्रेष्ठले प्रतिक्रिया दिए। प्रविधि र पूर्वाधार निर्माणमा सुस्त देखिएको उनको भनाइ थियो।

आधुनिक एवं डिजिटल प्रविधि चुस्त नहुँदा आयात निर्यातका काममा निकै समस्या र चुनौती थपिँदै गएको छ। यस्ले राजश्स्वमा समेत प्रभाव पारेको श्रेष्ठले बताए। सर्भर डाउन हुने र आसिकोडा सफ्टवेयरले काम नगर्ने समस्या देशभरका भन्सार कार्यालयको समस्या हो।

सरकारले २०७८ माघ १२ गतेदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको थियो विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुम अनलाइन प्रणाली आसिकोडा लागु गरेक थियो ।

 भन्सार नाकालाई प्रविधिको माध्यमबा चुस्त बनाइ नाकामा व्यापारलाई सहजीकरण गर्ने उत्कृष्ट अनलाइन प्रणाली आसिकोड लागु गरे पनि सर्भर डाउन भएर काममा सुस्तत आइरहेको व्यवसायीको भनाइ छ।

आसिकोडा प्रणाली विश्वका ९० बढ देशले लागु गरेका छन् । जसमा नेपालक भन्सार पनि जोडिएको छ। सीमा नाकाबाट सामान आएदेखि जाँचपास, प्रमाणीकरणसम्मक काम त्यहाँ सिस्टमले डिजिटल रूपमै गर्ने हुँद अन्य सफ्टवेयरको आवश्यकता नहुने अपेक्ष व्यवसायीको थियो।

भैरहवा भन्सार कार्यालयक प्रमुख भन्सार अधिकृत नारद गौतमले यो सभी डाउन र आसिकोडा नचल्ने समस्या केन्द्र बाट भएको तथा भैरहवा भन्सार कार्यालयका सबै प्रविधिले काम गरीरहेको दावी गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: