Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद, ओज र गरिमालाई उच्च राख्न सुझाव

खबरडबली संवाददाता
काठमाडौँ । राष्ट्रिसभाको छवर्षे कार्यअवधि पूरा गरेका सदस्यले सभाको ओज र गरिमालाई उच्च राख्न सुझाव दिएको छन् । 
 
सभाको आजको बैठकमा यही फागुन २० गतेदेखि पदावधि सकिएर बिदाइ हुँदै गरेका सदस्यले सभामा आफ्नो अनुभव सुनाउँदै सुझावसमेत प्रस्तुत गरेको हो । 
 
राष्ट्रिसभा र त्यसअन्तर्गतका विषयगत समिति एवं समग्र संसदीय अभ्यासको अनुभव सुनाउँदै राष्ट्रियसभा सदस्य इन्दु कडरियाले कौतहुलता र उत्साहका साथ सदन प्रवेश गरेको दिन सम्झँदै आगामी दिनमा सभामा गैरसंसदीय अभ्यास नगर्न सुझाव दिइन्। 
 
उनले भनिन् “गैरसंसदीय अभ्यास पनि अनुभव गरियो । सरकारमा भएका पार्टीको खिचातानीले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत संसद्को भूमिका खुम्चाउने अभ्यास पनि अनुभव गरियो । अब यस्तो नहोस् भन्ने अनुरोधसमेत गर्दछु ।” सांसद कडरियाले सदनमा बोल्ने कम समय पाएको भन्दै बोलेका कुरामा सरकारले गम्भीरतापूर्वक नलिने प्रवृत्ति सुधार हुनुपर्नेमा जोड दिइन् ।
 
“कञ्चनपुरमा हात्तीको आतङ्क, डुबान, सीमा क्षेत्रको समस्या, दुई छिमेकी देशबीचका जनतामा आवतजावतमा परेको सास्ती र महँगीलगायत कुरामा बोलियो । यसरी राष्ट्रियस्तर र जनसरोकारका मुद्दा उठाउँदा जनताको प्रशंसाले आफूमा सकारात्मक ऊर्जा थपेको छ”, उनले भनिन्, “सदनमा बोल्न निकै कम अवसर पाइनेरहेछ । सबै सांसदलाई समय छुट्याउँदा एउटा अधिवेशन सकिँदासम्म मुस्किलले तीन–चार पटक बोल्ने अवसर पाइनेरहेछ ।”
 
सांसद कडरियाले सभाको सदस्य बन्ने अवसरको लागि आफ्नो पार्टी नेकपा (एमाले) प्रति कृतज्ञता प्रकट गर्दै अपेक्षाअनुरुप काम हुन नसकेको बताइन् । “लाग्दथ्यो सदनमा बोलिसकेपछि त्यो कार्यान्वयनमा आउँछ तर यर्थाथमा बोलेका सबै कुरा कार्यान्वयन नहुँदा रहेछन्”, उनले भनिन् । 
 
सदस्य कुमार दसौदीले सदनमा उठेका मुद्दाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यावधिभरको अनुभव सुनाउँदै उनले भने, “जनप्रतिनिधिले उठान गरेका जनसरोकारका मुद्दालाई सरकारले गम्भीरताका सथा लिन सकेमात्र सार्थकता हुने र सदनको गरिमा बढ्छ ।” उनले आफ्नो जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पुन: ध्यानार्कषणसमेत गराए ।
 
“रोल्पा द्वन्द्वग्रस्त मुख्य थलो हो । अहिले पनि त्यहाँका नागरिक द्वन्द्वका कारण आर्थिक र मानसिकरूपमा कमजोर छन् । रुसी सेनामा जान बाध्य छन् । यो विक्षिप्त अवस्थालाई त्यसको शोधभर्ना गर्नका लागि कम्तीमा पनि मनोपरामर्शको उपचार सेवा उपलब्ध गराउन आवश्यक छ”, उनले भने । 
 
समसामयिक विषयसमेतमा ध्यानाआर्कषण गराउँदै सांसद दसौदीले दुई दशकदेखि निर्माणाधीन सहिदमार्ग यथाशीघ्र सम्पन्न गर्न माग गरे । उनले दलीय राजनीतिमा दलीय स्वार्थका कुरा राख्नुपर्ने भन्दै सदनमा दलभन्दा माथि उठेर जनताका साझा मुद्दाका कुरा गर्नुपर्ने बताए । 
 
सदस्य डा खिमलाल देवकोटाले आफ्नो तीन वर्षको संसदीय अभ्यास, अनुभव र ज्ञानका लागि सदन विश्वविद्यालयसरह रहेको बताए । “राजनीति गर्नुकोे लक्ष्य नेतृत्वको लागि हुन्छ । मन लागेसम्म नेतृत्वमा बस्ने र सांसद बन्ने गर्नु हुँदैन । म बैठकको करिब ९४ प्रतिशत अर्थात् एक सय ३० दिन उपस्थिति जनाएको छु । मैले १३ घण्टा बढी बोलेको छु । औषतमा अन्य सदस्यभन्दा यो तीन गुणा बढी समय हो । स्थानीय तह र प्रदेशका सरोकारका विषयमा बोल्ने अवसर पाएँ”, उहाँले अनुभव सुनाउँदै भने । 
 
सांसद देवकोटाले मन्त्रीसँग सवालजवाफ गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्दै सदन समयमा नै सुरु हुनु सकारात्मक अभ्यास भएको बताए। उनले राष्ट्रियसभाको ओज कायम राख्न प्रतिनिधिसभा नरहेको समयमा प्रतिनिधिसभाले गर्ने र विधेयकको प्रथम र अन्तिम ‘रिडिङ’यस सभाले नै गर्नुपर्नेमा जोड दिए ।  संविधानको भावना र आशयअनुसार सदस्यको प्रतिनिधित्व हुनुपर्ने उनको सुझाव छ । 
 
बैठकमा आफ्नो अनुभव सुनाउँदै सदस्य दीपा गुरुङले अनुशासित, सक्षमतासहितको प्रस्तुति र कानुन निर्माणको भूमिकाले संसदीय अभ्यास अविस्मरणीय रहेको बताइन् । उनले भनिन्, “जनता जनप्रतिनिधिप्रति आशावादी छन् । सरकारलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गर्छु ।” उनले आफ्नो पार्टी नेकपा ९एमाले०प्रति आभार प्रकट गर्दै छ वर्षको समयमा  प्रतिपक्ष र सत्तापक्षको भावबाट माथि उठेर काम गरेको दाबी गरिन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending