Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद, ओज र गरिमालाई उच्च राख्न सुझाव

खबरडबली संवाददाता
काठमाडौँ । राष्ट्रिसभाको छवर्षे कार्यअवधि पूरा गरेका सदस्यले सभाको ओज र गरिमालाई उच्च राख्न सुझाव दिएको छन् । 
 
सभाको आजको बैठकमा यही फागुन २० गतेदेखि पदावधि सकिएर बिदाइ हुँदै गरेका सदस्यले सभामा आफ्नो अनुभव सुनाउँदै सुझावसमेत प्रस्तुत गरेको हो । 
 
राष्ट्रिसभा र त्यसअन्तर्गतका विषयगत समिति एवं समग्र संसदीय अभ्यासको अनुभव सुनाउँदै राष्ट्रियसभा सदस्य इन्दु कडरियाले कौतहुलता र उत्साहका साथ सदन प्रवेश गरेको दिन सम्झँदै आगामी दिनमा सभामा गैरसंसदीय अभ्यास नगर्न सुझाव दिइन्। 
 
उनले भनिन् “गैरसंसदीय अभ्यास पनि अनुभव गरियो । सरकारमा भएका पार्टीको खिचातानीले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत संसद्को भूमिका खुम्चाउने अभ्यास पनि अनुभव गरियो । अब यस्तो नहोस् भन्ने अनुरोधसमेत गर्दछु ।” सांसद कडरियाले सदनमा बोल्ने कम समय पाएको भन्दै बोलेका कुरामा सरकारले गम्भीरतापूर्वक नलिने प्रवृत्ति सुधार हुनुपर्नेमा जोड दिइन् ।
 
“कञ्चनपुरमा हात्तीको आतङ्क, डुबान, सीमा क्षेत्रको समस्या, दुई छिमेकी देशबीचका जनतामा आवतजावतमा परेको सास्ती र महँगीलगायत कुरामा बोलियो । यसरी राष्ट्रियस्तर र जनसरोकारका मुद्दा उठाउँदा जनताको प्रशंसाले आफूमा सकारात्मक ऊर्जा थपेको छ”, उनले भनिन्, “सदनमा बोल्न निकै कम अवसर पाइनेरहेछ । सबै सांसदलाई समय छुट्याउँदा एउटा अधिवेशन सकिँदासम्म मुस्किलले तीन–चार पटक बोल्ने अवसर पाइनेरहेछ ।”
 
सांसद कडरियाले सभाको सदस्य बन्ने अवसरको लागि आफ्नो पार्टी नेकपा (एमाले) प्रति कृतज्ञता प्रकट गर्दै अपेक्षाअनुरुप काम हुन नसकेको बताइन् । “लाग्दथ्यो सदनमा बोलिसकेपछि त्यो कार्यान्वयनमा आउँछ तर यर्थाथमा बोलेका सबै कुरा कार्यान्वयन नहुँदा रहेछन्”, उनले भनिन् । 
 
सदस्य कुमार दसौदीले सदनमा उठेका मुद्दाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यावधिभरको अनुभव सुनाउँदै उनले भने, “जनप्रतिनिधिले उठान गरेका जनसरोकारका मुद्दालाई सरकारले गम्भीरताका सथा लिन सकेमात्र सार्थकता हुने र सदनको गरिमा बढ्छ ।” उनले आफ्नो जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पुन: ध्यानार्कषणसमेत गराए ।
 
“रोल्पा द्वन्द्वग्रस्त मुख्य थलो हो । अहिले पनि त्यहाँका नागरिक द्वन्द्वका कारण आर्थिक र मानसिकरूपमा कमजोर छन् । रुसी सेनामा जान बाध्य छन् । यो विक्षिप्त अवस्थालाई त्यसको शोधभर्ना गर्नका लागि कम्तीमा पनि मनोपरामर्शको उपचार सेवा उपलब्ध गराउन आवश्यक छ”, उनले भने । 
 
समसामयिक विषयसमेतमा ध्यानाआर्कषण गराउँदै सांसद दसौदीले दुई दशकदेखि निर्माणाधीन सहिदमार्ग यथाशीघ्र सम्पन्न गर्न माग गरे । उनले दलीय राजनीतिमा दलीय स्वार्थका कुरा राख्नुपर्ने भन्दै सदनमा दलभन्दा माथि उठेर जनताका साझा मुद्दाका कुरा गर्नुपर्ने बताए । 
 
सदस्य डा खिमलाल देवकोटाले आफ्नो तीन वर्षको संसदीय अभ्यास, अनुभव र ज्ञानका लागि सदन विश्वविद्यालयसरह रहेको बताए । “राजनीति गर्नुकोे लक्ष्य नेतृत्वको लागि हुन्छ । मन लागेसम्म नेतृत्वमा बस्ने र सांसद बन्ने गर्नु हुँदैन । म बैठकको करिब ९४ प्रतिशत अर्थात् एक सय ३० दिन उपस्थिति जनाएको छु । मैले १३ घण्टा बढी बोलेको छु । औषतमा अन्य सदस्यभन्दा यो तीन गुणा बढी समय हो । स्थानीय तह र प्रदेशका सरोकारका विषयमा बोल्ने अवसर पाएँ”, उहाँले अनुभव सुनाउँदै भने । 
 
सांसद देवकोटाले मन्त्रीसँग सवालजवाफ गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्दै सदन समयमा नै सुरु हुनु सकारात्मक अभ्यास भएको बताए। उनले राष्ट्रियसभाको ओज कायम राख्न प्रतिनिधिसभा नरहेको समयमा प्रतिनिधिसभाले गर्ने र विधेयकको प्रथम र अन्तिम ‘रिडिङ’यस सभाले नै गर्नुपर्नेमा जोड दिए ।  संविधानको भावना र आशयअनुसार सदस्यको प्रतिनिधित्व हुनुपर्ने उनको सुझाव छ । 
 
बैठकमा आफ्नो अनुभव सुनाउँदै सदस्य दीपा गुरुङले अनुशासित, सक्षमतासहितको प्रस्तुति र कानुन निर्माणको भूमिकाले संसदीय अभ्यास अविस्मरणीय रहेको बताइन् । उनले भनिन्, “जनता जनप्रतिनिधिप्रति आशावादी छन् । सरकारलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गर्छु ।” उनले आफ्नो पार्टी नेकपा ९एमाले०प्रति आभार प्रकट गर्दै छ वर्षको समयमा  प्रतिपक्ष र सत्तापक्षको भावबाट माथि उठेर काम गरेको दाबी गरिन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: