Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने ३६ वर्षीय धन बहादुर मुखिया, सोही नगरपालिका-७ बस्ने ३५ वर्षीया गंगा दर्जी र धनकुटा सहिदभुमि गाउँपालिका-३ बस्ने २२ वर्षीय टेकेन्द्र राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट अमरहाट समेतबाट खटिएको प्रहरीले मे.७ प ७३७५ नम्बरको मोटरइकलमा सवार मुखिया र दर्जीलाई ८ किलो गाँजा र  प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाइकलमा सवार राईलाई ३ किलो गाँजासहित पक्राउ गरेको हो ।

मोरङकाे  बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने ३२ वर्षीय भिम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका-२७ रामपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्रामसहित बारा परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने २६ वर्षीय दिपक पटेललाईप्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले म.प्र.०३-०२६ प ००९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेललाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

झापाकाे मेचिनगर नगरपालिका-६ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद २२ हजार ६ सय रूपैयाँसहित बिर्तामोड नगरपालिका-४ बस्ने २१ वर्षीय रबिन चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy