Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चलचित्र गोर्खा वारियर दोश्रो सातामा

गृहमन्त्री श्रेष्ठ भन्छन 'चलचित्र राम्राे छ'

खबरडबली संवाददाता

काठमाडौं । चार भाषामा निर्माण भएको ऐतिहाँसिक चलचित्र गोर्खा वारियर शुक्रबारबाट दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेरेका छन् । यो चलचित्रलाई यस अघि काठमाडौंको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गरेका थिए । यसैबीच शुक्रबार बेलुका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोर्खा वारियर हेरेका हुन् ।

चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने भनाई राख्दै गृहमन्त्री श्रेष्ठले यो चलचित्रको तारिफ गरे । लामो समयपछि आफुले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उनले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिए । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उनले सुझाब दिए ।

यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले दोश्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउँदँै भने,‘शुक्रबार काठमाडौंको केही शो हाउसफुल छ भने धेरै जसोमा ८० प्रतिसत दर्शक छन् । शनिबारको शो पनि राम्रो छ ।’ धरान, पोखरालगायतको शहरमा शनिबार पनि हाउसफुल भएको करणले बताए ।

गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भईरहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending