Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

खबरडबली संवाददाता

एजेन्सी । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब एकसयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए । 

ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै भने, “हामीले अझै धेरै राहत सामग्री पुर्‍याउने काम गर्न आवश्यक छ र संयुक्त राज्य अमेरिकाले यसमा अग्रसरता लिनेछ ।” 

“आगामी दिनमा हामी जोर्डनमा रहेका हाम्रा साथीहरु र अन्य सहयोगीसँग मिलेर हवाई मार्गबाट थप खाद्यान्न र आपूर्तिको व्यवस्थापन गर्नेछौं,” ८१ वर्षीय बाइडेनले भने । 

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा मानवीय सङ्कट उत्पन्न भएको र इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी रहेका बेला यो घोषणा गरिएको हो ।

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिए । उनले प्रमुख अमेरिकी सहयोगीको लागि सैन्य सहायता कायम राखे । उनले मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा छ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने आशा व्यक्त गरे । 

संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी दिएको उत्तरी गाजामा सहायता लिएर गएका गाडीको वरपर पुगेका दर्जनौँ निराश प्यालेस्टिनीको मृत्यु भएको बिहीबारको घटनापछि युद्धविराम वार्ता जटिल बनेको छ ।

एक इजरायली स्रोतले भीडमाथि सेनाले गोली चलाएको स्वीकारेको छ र यसले ‘खतरा उत्पन्न गरेको’ बताएको गरेको छ । निर्दोष मानिसहरू भयानक युद्धमा फसेका आफ्नो परिवारको पेट पाल्न नसकिरहेका र सहायताका लागि भेला भएका प्यालेष्टिनीको ज्यानसम्म जाने स्थिति दुःखद भएको बाइडेनले बताए । 

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप सहायता ट्रकहरू भित्राउन ‘जोड’ दिने र गाजामा ठूलो मात्रामा सहायता पुर्‍याउन सम्भावित ‘समुद्री करिडोर’ को बारेमा पनि विचार गर्ने बताए । 

बाइडेनले केही समयदेखि हवाई मार्गबाट सहायता पुर्‍याउनेबारे योजना बनाइरहेको तर बिहीबारको घटनाले राष्ट्रपतिलाई सहायता प्राप्त गर्ने अन्य उपायको खोजी गर्नुपर्ने आवश्यकताबारे  थप चिन्तित बनाएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए । 

किर्बीले भने, “संयुक्त राज्य अमेरिकाले धेरै एयर ड्रपहरू गर्ने योजना बनाएको छ जुन हप्तौंसम्म चल्नेछ ।” तर यो एक ‘कठिन सैन्य अभियान’ पनि हो जसमा गाजाका नागरिक र अमेरिकी सैन्य अधिकारीको सुरक्षाको लागि पेन्टागनले सावधानीपूर्वक योजना बनाउनु आवश्यक छ ।

किर्बीले भने, “गाजाजस्तो भीडभाड हुने वातावरणमा एयरड्रप गर्न निकै गाह्रो छ ।” संयुक्त राज्य अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्‍यो।

उनले भने, “यो युद्धक्षेत्र हो । अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्‍यो । त्यसैले विमानमा पाइलटका लागि थप सम्भावित खतराको व्यवस्थापन गर्नु जरूरी छ ।” इजरायलले पनि सहायता बोकेर गाजा पुगेका गाडी र सहयोग प्राप्त गर्नका लागि भेला भएका प्यालेष्टिनीको मृत्युबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको किर्बीले बताए । 

किर्बीले गाजामा बढ्दो मानवीय विपत्तिका बावजुद वासिङ्टनले इजरायललाई दिँदै आएको सैन्य सहयोग नरोक्ने बताए । उनले भने, “हामी अझै पनि इजरायललाई यसको सुरक्षाका लागि सहयोग गरिरहेका छौं ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE