Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मानवीय विकास प्रदेश सरकारको मुख्य प्राथमिकता: मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

पाँचथर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले मानवीय विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । 

बालबालिकाको निःशुल्क उपचारमार्फत सक्षम युवा शक्ति निर्माण, विपन्न समुदायलाई प्राविधिक शिक्षामा पहुँच र युवामैत्री बजेट निर्माणमार्फत प्रदेश सरकारले मानवीय विकासलाई विशेष जोड दिएको मुख्यमन्त्री कार्कीको भनाइ छ । 

पाँचथरको फिदिममा आयोजित चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले कोशी प्रदेश सरकारले १० वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताए । “बच्चा जन्मिएपछि उपचारका लागि परिवार ऋण खोज्न जानुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले १० वर्षभन्दा मुनिका सबै बालबालिकालाई निःशुल्क उपचार सुरु गरेको हो”, उनले भने, “अब मैदानमा खेल्न सक्ने बच्चा बनाउन प्रदेश सरकारले मद्दत गर्नेछ ।” मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी बजेट युवा केन्द्रित हुने उल्लेख गरे । 

उनले प्रदेश सरकारले गाउँका विद्यार्थीका लागि प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गरेको बताए । उनले हरेक जिल्लाका खेलमैदानलाई महत्वका साथ अघि बढाएर युवालाई उद्यमी, खेलाडी र सम्मानित बनाउन सहयोग गर्ने समेत उल्लेख गरे । 

गोल्डकपको उद्घाटनका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेलगायतले पाँचथरमा अवरुद्ध रहेका विकास आयोजना चाँडो अघि बढाउन मुख्यमन्त्री कार्कीसमक्ष आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending