पाँचथर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले मानवीय विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।
बालबालिकाको निःशुल्क उपचारमार्फत सक्षम युवा शक्ति निर्माण, विपन्न समुदायलाई प्राविधिक शिक्षामा पहुँच र युवामैत्री बजेट निर्माणमार्फत प्रदेश सरकारले मानवीय विकासलाई विशेष जोड दिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
पाँचथरको फिदिममा आयोजित चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले कोशी प्रदेश सरकारले १० वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताए । “बच्चा जन्मिएपछि उपचारका लागि परिवार ऋण खोज्न जानुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले १० वर्षभन्दा मुनिका सबै बालबालिकालाई निःशुल्क उपचार सुरु गरेको हो”, उनले भने, “अब मैदानमा खेल्न सक्ने बच्चा बनाउन प्रदेश सरकारले मद्दत गर्नेछ ।” मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी बजेट युवा केन्द्रित हुने उल्लेख गरे ।
उनले प्रदेश सरकारले गाउँका विद्यार्थीका लागि प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गरेको बताए । उनले हरेक जिल्लाका खेलमैदानलाई महत्वका साथ अघि बढाएर युवालाई उद्यमी, खेलाडी र सम्मानित बनाउन सहयोग गर्ने समेत उल्लेख गरे ।
गोल्डकपको उद्घाटनका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेलगायतले पाँचथरमा अवरुद्ध रहेका विकास आयोजना चाँडो अघि बढाउन मुख्यमन्त्री कार्कीसमक्ष आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: