एजेन्सी । रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार पश्चिमी मुलुकहरूसँग थप हवाई–रक्षा प्रणाली चाँडो उपलब्ध गराउन आह्वान गरेका छन् ।
दक्षिणी बन्दरगाह सहर ओडेसामा रातभर भएको ड्रोन हमलामा एक बालक र एक शिशुसहित आठ जनाको मृत्युको पुष्टि भएको एक क्षेत्रीय अधिकारीले बताए । उत्तरपूर्वी खार्किभ तथा दक्षिणमा खेरसन र जापोरिजियाको सीमावर्ती क्षेत्रहरूमा भिन्नाभिन्नै गोलाबारी हमलामा अन्य तीन जना मारिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् ।
“रुसले लगातार नागरिकहरूमाथि हमला गरिरहेको छ”, राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा भने, “हामीलाई हाम्रा साझेदारहरूबाट थप हवाई प्रतिरक्षा आवश्यक छ, हामीलाई आफ्ना नागरिकहरूलाई रुसी आतङ्कबाट थप सुरक्षा प्रदान गर्नका लागि युक्रेनी हवाई ढाललाई बलियो बनाउन आवश्यक छ, थप हवाई–प्रतिरक्षा प्रणालीका लागि थप क्षेप्यास्त्रले जीवन बचाउँछ ।”
अमेरिकी कांग्रेसमा ६० अर्ब डलरको महत्त्वपूर्ण सहायता प्याकेज अड्किएकाले युक्रेन अहिले दुई वर्षको युद्धमा ‘ब्याकफुट’ मा छ ।
“रुसी ‘आतङ्कवादीहरू’को हमलामा ओडेसामा नौ तले एउटा भवन क्षतिग्रस्त भएको छ”, गृहमन्त्री इगोर क्लिमेङ्कोले शनिबार एक टेलिग्राम पोस्टमा भने । करिब १० जना बेपत्ता छन् र एक सय उद्धारकर्मी रातभर खोजी तथा उद्धार कार्यका लागि तयारी अवस्थामा छन् ।
घटनास्थलको फुटेजमा एउटा आवासीय भवनको धेरै तला भत्किएको र भवनको अग्रभाग बिग्रिएको देखाइएको छ । युक्रेनको हवाई सेनाले उसले खसालेको रुसी ड्रोनको भग्नावशेष ओडेसा र खार्किभ दुवै स्थानका आवासीय भवनहरूमा खसेको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: