दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन् । आइतबार घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजना गरिएको साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कानुन निर्माणका लागि सरकार अगाडि बढेको समेत उल्लेख गरिन ।
उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह गरिन । सबै क्षेत्रको सुझाव सङ्कलन गरेर सरकार कानुन निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
सूचना प्रविधिको प्रयोगले सेवालाई सहज, छिटो बनाइदिने भए पनि कतिपय अवस्थामा दुरुपयोग हुँदा यसको असर धेरै क्षेत्र उनको भनाइ थियो । सरकारी कार्यालयमा सूचना तथा तथ्याङ्क सुरक्षित कसरी राख्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आयोजित अभिमुखीकरणमा पछिल्लो समय बढ्दो साइबर अपराध र यसका चुनौती तथा आवश्यक नीतिगत विषयमा जानकारी गराइएको छ ।
सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले साइबर सुरक्षा संवेदनशील विषय रहेको बताए । नागरिकको सूचना सरकारी निकायसँग रहने भन्दै यसलाई सुरक्षित, व्यवस्थितरुपमा राख्नुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: