Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

टि–२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्छ: मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताएका छन् । 

प्रदेशमा यही फागुन २२ गते (भोलि)देखि हुने टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वितरण गरिने ट्रफीको आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा अनावरण गर्दै यो प्रतियोगिता विराटनगरको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकट रङ्गशाला हुनु गौरवको विषय भएको बताए । उनले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले प्रतियोगिता सञ्चालनबाट रङ्शालाका विकासमा टेवा पुग्नुका साथै सम्पूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विचार राखे । उनले प्रदेश सरकारले खेल क्षेत्रलाई ‘युवामैत्री’का रुपमा अगाडि बढाउने योजना बनाइरहेको भन्दै यसलाई रोजगारसँग जोडिने बताए । 

मोरङ जिल्ला क्रिकट सङ्घका अध्यक्ष मोहम्मद साद कुरैसी(बाबु)ले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रका युवा क्रिकेटप्रति आकर्षित हुनुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

भोलिदेखि आगामी चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने अध्यक्ष कुरैसीले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टिमलाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ ।

यसैगरी प्रतियोगिता सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता लिगका आधारमा हुनेछ । प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल हुनेछन् भने यसबाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताका लागि खेलाडी यहाँ आउने क्रममा जारी छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

माइतीघर मण्डलामा प्रदर्शन गर्ने आठजना पक्राउ

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा ...

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

काठमाडौँ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्...

झापाकाे लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

झापा ।  अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक...

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौँ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ...

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending