काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई नेविसंघकै महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिएको छ ।
सङ्घको महाधिवेशन पक्षधर टोलीले अध्यक्ष शेर्पालाई संघको केन्द्रीय कार्यालय अनामनगरमा आज ज्ञापनपत्र बुझाएर तत्काल महाधिवेशन सुनिश्चित गर्न माग गरेको हो । नेविसंघका नेता सुभाष पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल महाधिवेशनको सुनिश्चितता नगरिए थप दबाबका कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।
अध्यक्ष शेर्पालाई बुझाइएको ज्ञापन पत्रमा ११५ भन्दा बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् । उनीहरूले यस अघि अध्यक्षले समन्वय बिना बोलाएको केन्द्रीय समितिको पहिलो बैठक पनि बहिष्कार गरेका थिए ।
महाधिवेशन गर्नका लागि गठन गरिएको अहिलेको समितिले महाधिवेशन नै गर्ने आधार नदेखेकाले बैठकमा सहभागी हुनु औचित्य नठानेर बैठकमा नगएको उनीहरूको भनाइ छ ।
असन्तुष्ट पक्षले अध्यक्ष शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ ।
उनीहरूले देशभरका विद्यार्थीहरूको भावना अनुसार संगठनलाई सामूहिक नेतृत्वका साथ सञ्चालन गर्न माग गरेका छन् । नेविसंघमा तदर्थवाद वा मनोनितको प्रवृत्ति अन्त्य गर्दै निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया मातहतका समितिहरूमा पनि तत्काल अवलम्बन गर्न माग गरेको अर्का केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: