Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

शालिन मृत्यु प्रकरणः भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण कुर्दै प्रहरी

सत्यतथ्य पहिचानका लागि फरेन्सिक विज्ञहरूलाई घटनास्थलको समेत अध्ययन गराउनुपर्ने

खबरडबली संवाददाता

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० मा अवस्थित एकता शिशु निकेतन स्कुलमा अध्ययनरत छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा परिवारको दाबी र पोस्टमार्टम रिपोर्ट बाझिएसँगै मुद्दालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्रहरीले थप परीक्षणको रिपोर्ट कुर्ने भएको छ ।

‘ह्याङ्गिङ’ भन्ने शव परीक्षण रिपोर्ट आएसँगै प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन अब भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षणलाई कुर्ने भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए । “परिवारको किटानी जाहेरीभन्दा फरक ढङ्गले पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरी अनुसन्धानलाई निष्कर्षमा पुरयाउन भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षणको रिपोर्ट कुर्नुपर्ने भएको छ,” उनले भने । 

त्रिवि शिक्षण अस्पतालले शालीनको मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको प्रहरीलाई जनाएको छ । आइतबार प्राप्त शव परीक्षण रिपोर्टमा ‘ह्याङ्गिङ’ अगाडि शालीनको बलात्कार नभएको पनि उल्लेख भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । 

फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत फेला परेकी थिइन् । होस्टेलको कोठाभित्रै झुन्डिरहेको अवस्थामा भेटिएकी शालीनको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै  उनका परिवारले प्रहरीमा हत्याको किटानी जाहेरी दिएका छन् ।

सोही जाहेरीका आधारमा प्रहरीले सो स्कुलका प्रधानाध्यापक बालहरि देवकोटासहित तीन शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । “हत्या वा आत्महत्या दुरुत्साहन भन्ने कुरा सबै रिपोर्ट आएपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एउटा पोस्टमार्टम रिपोर्टले मात्रै समग्र अनुसन्धानमा निर्णय गर्न सकिँदैन,” भण्डारीले भने ।

अहिले प्रहरीले भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण प्रहरी प्रधान कार्यालयमा रहेको प्रयोगशालामा भइरहेको छ । यो रिपोर्ट आउन अझै केही दिन लाग्न सक्ने बताइन्छ । परिवारले भने शव परीक्षण रिपोर्टलाई विश्वास गर्न सकिरहेको छैन । अनुसन्धान अझै सशक्त बनाउन परिवारले सार्वजनिक रूपमै माग गरिरहेका छन् । 

कक्षा ८ मा पढ्ने १४ वर्षीय पोखरेल प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी दुई वर्षदेखि सोही होस्टेलमा बस्दै आएकी थिइन् । उनका बुवा र आमा दुवैले दोस्रो विवाह गरेपछि छोरी होस्टेलमा बस्न थालेकी हुन् । यो घटनाबारे सामाजिक सञ्जालमा विभिन्न कोणबाट प्रश्न उठाइएको छ । 

यस्ता घटनाको सत्यतथ्य पहिचानका लागि फरेन्सिक विज्ञहरूलाई घटनास्थलको समेत अध्ययन गराउनुपर्ने भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । “प्रहरीको पनि घटनास्थल अध्ययन र मुचुल्का उठाउने शैली वैज्ञानिक छ तर अझै यसैलाई सहयोग गर्न घटनास्थलमा विज्ञ टिमबाटै फरेन्सिक गराउन सकिएको भए अझै राम्रो हुने थियो,” उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending