काठमाडौं । घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । विजेता नेदरल्याण्ड्सलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गरे ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताए । “टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो”, उनले भने, “पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।”
कप्तान पौडेलले सुरुआत राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताए । “जुन तरिकाले हामीले सुरुआत पाएका थियौँ, त्यसअनुसार दुई सय रन बनाउने योजना थियो तर हामीले १०/१५ रन कम बनायौँ”, उनले भने, “मध्यम ओभरमा रनको गति कम भयो भने विकेट पतन पनि चाँडो भयो ।” उनले ‘पावरप्ले’ र ‘डेथओभर’मा कमजोरी सुधार हुन नसकेको पनि बताए । “यस प्रतियोगिताबाट धेरै कुरा सिकेका छौँ । ‘पावर प्ले’ र ‘डेथओभर’ राम्रो प्रदर्शन गर्न सकेनौँ तर विश्वकपसम्म त्यसमा सुधार गर्नेछौँ ।”
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताए । “नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ”, उनले भने, “यसअघि पनि धेरै ‘क्लोज गेम’हरु खेलेका छौँ । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।”
उनले यही मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल ‘बेञ्च’ बलियो बनाउनका लागि सहयोगी हुने बताए । “विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन् । यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पुर्याउनेछ ।” उनले फाइनल खेलमा अभिनास बोहोरालाई मौका दिइएको विषयमा नामिबियासँग राम्रो गरेकाले टीममा सहभागी गराइएको बताए ।
शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुछारमा रह्यो ।
शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो ।
साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: