Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्ने

खबरडबली संवाददाता

काठमाडौं । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका अग्रजहरुले महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । 

एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय महिला विभागद्वारा आज यहाँ आयोजित ‘लैङ्गिकताका सवालमा नेपाली मिडिया विषयक’ अन्तक्र्रियामा महिलाका हकअधिकार सुनिश्चित गर्न सञ्चारकर्मीहरुले काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

महासङ्घका सल्लाहकार निर्मला शर्माले लैङ्गिकताका सवाल सहभागिता र विषयवस्तुका आधारमा विश्लेषण गर्नुपर्ने बताउँदै महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलामा दक्षता तथा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । 

“सङ्ख्यात्मकरुपमा महिलाको सहभागिता अभिवृद्धि हुनेक्रम रहे तापनि सहभागितासँगै नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलाले आफ्नो क्षमता विकासमा जोड दिनुपर्छ”, उनले भनिन् । “महिला स्वयं सञ्चार क्षेत्रमा रहिरहँदा लैङ्गिकताका सवाल उठान गर्नमा महत्वपूर्ण भूमिका रहन्छ ।” 

हिमालय टाइम्सका पूर्वसम्पादक पुरुषोत्तम दाहालले महिलामाथि हुने हिंसा रोक्न गर्न सबैपक्षले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिए । उनले महिला मात्र नभई पुरुषलाई पनि सचेत गराउनुपर्ने बताए । 

सञ्चार जगत्लाई व्यावसायिक, मर्यादित बनाउन दिगो योजना चाहिने उनले बताए । सञ्चारकर्मी कल्पना शर्माले मिडिया क्षेत्रमा आबद्ध महिलाको अवस्थाबारे गहिरो विश्लेषण गर्न जरुरी भएको बताउँदै आफ्नो क्षमताअनुरुप अधिकार प्राप्तिको लडाँइमा पछि हट्न नहुनेमा जोड दिइन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

माइतीघर मण्डलामा प्रदर्शन गर्ने आठजना पक्राउ

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा ...

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

काठमाडौँ । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्...

झापाकाे लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

झापा ।  अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक...

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौँ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ...

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending