Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सत्ता गठबन्धनबाट कांग्रेसको वहिरगमनपछि सातै प्रदेशमा बदलिँदै सत्तासमीकरण

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनबाट कांग्रेसकाे वहिरगमनपछि सातै प्रदेशमा सत्तासमीकरण बदलिने संकेत देखा परेको छ । यसको उदाहरण सुदुरपश्चिम र गण्डकी र कर्णालीमा देखा परिसकेको छ ।

सोमबार संघिय सरकारको सत्तासमीकरण बदली भए सँगै साते प्रदेशमा अब सरकारको नेतृत्व कसले गर्ने र कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल पनि भएको छ । केन्द्रमा अहिलेसम्म चार दलीय गठबन्धन बनेको छ ।

केही दल अझै थप हुनसक्ने नयाँ गठबन्धनका नेताहरूले दाबी गरिरहेका छन् । केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा बहुमत पुगेपनि सातमध्ये पाँच प्रदेशमा चार दलको गठबन्धनको बहुमत पुग्ने देखिँदैन ।

कुन प्रदेशमा के छ अवस्था ? 

कोशी र कर्णालीमा माओवादी र एमालेको सङ्ख्याले सरकार बनाउन काफी देखिए पनि अन्त सरकार बनाउन गठबन्धनले अन्य दलको साथ लिनैपर्ने बाध्यता छ । चार दलीय गठबन्धनमा रहेको रास्वपाको प्रदेशमा उपस्थिति नै छैन ।

कोशीको प्रदेशसभा ९३ जना सदस्य छन् । यहाँ सरकार गठन गर्न ४७ जना प्रदेश सांदस आवश्यक पर्छ । यस हिसाबले यहाँ एमाले र माओवादी केन्द्र मात्रैले पनि बहुमतको सरकार गठन गर्न सकिने प्रष्ट भएको छ ।

तर, कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार फेर्न सहज छैन । कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा मुख्यमन्त्री बनेका हुन् । यो धाराअनुसार प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने अवस्थामा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

तत्कालीन गठबन्धनले पछि मात्र उनलाई समर्थन गरेको हो । धारा १६८ को पाँचवटै उपधारा प्रयोग भएर बनेको अहिलेको सरकार परिवर्तन हुन नसक्ने तर्क कांग्रेस नेताहरूले गरिरहेका छन् । 

मधेश प्रदेश

मधेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने देखिन्छ । नयाँ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई समावेश गर्ने प्रयास गरिरहेका छन् । तर, जनमतले सत्ता गठबन्धन सामेलका लागि मधेश प्रदेशको मुख्यमन्त्री पहिलो सर्त राखेको छ ।

जनमतले सहयोग नगरे पनि मधेशमा एमाले २४, जसपा १९, माओवादी ९, नागरिक उन्नमुक्ति एक, एक स्वतन्त्र वा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक सांसदको सहयोगमा सरकार बन्छ । तर, एमाले, जसपा र माओवादीको मात्र सरकार बनाउन दुई मत कम हुन्छ ।

एक सय सात सदस्य रहेको प्रदेश सभामा नयाँ सरकारका लागि ५४ मत चाहिन्छ । तर, जसरी नयाँ गठबन्धनलाई सरकार बनाउन दुई मत कम हुन्छ, त्यसरी नै विपक्षी दल बन्न पुगेकाे कांग्रेस २३, जनमत १३, लोसपा ९ र एकीकृत समाजवादी ६ सिटलाई पनि दुई मत कम हुन्छ । अर्थात्, जनमत, लोसपा र नेकपा एसमध्ये कुनै दल नयाँ सत्ता गठबन्धनमा सहभागी नभएमा कांग्रेसले पनि सरकार गठन गर्न सक्छ । 

बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी निर्णायक

बागमती प्रदेशमा सरकारका लागि राप्रपा र एकीकृत समाजवादी निर्णायक देखिएका छन् । ११० सिट रहेको बागमतीमा सरकार गठनका लागि ५६ मत चाहिन्छ । बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार जोगाउन राप्रपा वा एकीकृत समाजवादीसँगै हाम्रो पार्टी नेपालको साथ चाहिन्छ ।

बागमतीमा संख्यात्मक रुपमा एमाले २७ र माओवादी २१ सिटले मात्र सरकार चलाउन बहुमत पुग्दैन । सात सिटको एकीकृत समाजवादी मिल्दा पनि ५५ सिट मात्र हुन्छ । यो अवस्थामा जम्कट्टेल नेतृत्वको सरकार टिकाउन राप्रपा १३ लाई सहभागी गराउनुपर्ने हुन्छ वा एकीकृत समाजवादीसहित नेमकिपाका तीन सिट र हाम्रो नेपाली पार्टी दुई सिट मध्ये एउटाको साथ चाहिन्छ ।

होइन भने ३७ सिटसहित पहिलो रहेको कांग्रेसले राप्रपा र एकीकृत समाजवादीलाई लिएर ५७ सिट र्पुयाई सरकार बनाउन सक्ने स्थिति छ । गत वर्ष एमाले–माओवादीको गठबन्धन हुँदा पनि बागमतीमा एमाले, माओवादी र राप्रपाको संयुक्त सरकार थियो । तर, पछि केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस सत्तामा आएपछि बागमतीबाट पनि एमाले बाहिरिएको थियो ।
गण्डकीमा राप्रपाको साथ चाहिने

एमाले–माओवादीलाई गण्डकीमा सरकार बनाउन राप्रपाको साथ चाहिने भएको छ । फेरिएको नयाँ गठबन्धनअनुसार गण्डकीमा एमालेसँग २२ र माओवादीसँग सात ८ रहे पनि एकजना सभामुख रहेकाले सात मात्र गरी २९ मत मात्र छ । तर, सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ । यो अवस्थामा गठबन्धनले दुई सिट रहेको राप्रपाको साथ लिनुपर्छ वा प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेस २७  सँग मिल्नुपर्ने हुन्छ । 

अहिले गण्डकीमा कांग्रेस नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एकीकृत समाजवादीका एक सांसद मात्र छन् । माओवादीका कुल आठ सांसद रहे पनि सभामुख नन्दा गुरुङले सरकार गठनमा मत दिन पाउँदिनन् । गण्डकीमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता खगराज अधिकारी र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको दाबी छ ।

लुम्बिनी र कर्णालीमा सहजै गठबन्धनको सरकार

गठबन्धनलाई लुम्बिनी र कर्णालीमा भने सरकार बनाउन सहज छ । कर्णालीमा माओवादी नेता राजकुमार शर्मा नेतृत्वको सरकारलाई निरन्तरता दिने देखिए पनि लुम्बिनीमा भने नयाँ सरकार बन्नेछ । लुम्बिनीमा अहिले कांग्रेस नेता डिल्ली चौधरी मुख्यमन्त्री छन् । तर, नयाँ समीकरण अनुसार ८७ सिट रहेको प्रदेश सभामा एमाले २९, माओवादी १० र  जसपाका तीन सलस्य रहेका छन । गठबन्धनमा रहने बताएको नाउपाको चार र जनमतको तीन सिट छ । यो अवस्थामा गठबन्धनसँग ४९ सिट पुग्छ । 

लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको मत चाहिन्छ । लुम्बिनीमा २७ सिटसहित कांग्रेस दोस्रो दल हो । यहाँ लोसपा र एकीकृत समाजवादीका तीन–तीन तथा जनमोर्चाका एक र स्वतन्त्र एक सांसद छन् ।

कर्णाली

यसैगरी, ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा माओवादी १३ र एमाले १० सिटको सरकार बन्छ । सरकार बनाउन २० सिट चाहिन्छ । यहाँ कांग्रेस १४ सिटसहित पहिलो रहे पनि प्रतिपक्ष बन्ने देखिएको छ । एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक–एक सांसद छन् । 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक

कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह पदमुक्त हुने भएपछि सात सिटसहित तेस्रो रहेको नाउपाले सरकारमा दाबी गरिरहेको हो । ५३ सदस्यीय प्रदेश सभामा एक सदस्यको निधन भएपछि हाल ५२ सदस्य रहेका छन् । यहाँ सरकार बनाउन २७ मत चाहिन्छ । तर, एमाले–माओवादीको कुल मत २० मात्र छ । सदनमा दोस्रो ठूलो दल माओवादीका सभामुखबाहेक १० र एमालेका १० सदस्य छन् । सदनको पहिलो ठूलो दल नेपाली कांग्रेसका १८ सदस्य छन् । 

कांग्रेसका १८, नाउपाका सात र एकीकृत समाजवादीका चार सदस्य मिल्दा आवश्यक बहुमत पुग्छ । एकीकृत समाजवादी गठबन्धनतिर गए पनि कांग्रेस, नाउपा, राप्रपा र स्वतन्त्र मिल्दा पनि सरकार गठनका लागि आवश्यक २७ सिट पुग्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending