Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

त्याग्न जानेका ती नेता र सोहोर्न जानेका यी नेता !

अनुसा थापा

नेता कस्तो हुन्छन् वा हुनुपर्छ ? अहिलेका नेताहरु वास्तवमै नेता कहलाउन लायक छन् त ? यो अहिले व्यापक बहसको विषय बनेको छ । नेताहरु त्यागी र राष्ट्र र जनताको हितका लागि जुनसुकै चुनौती खेप्न सक्ने खालको हुनुपर्छ । तर, मुलुकका वर्तमान नेताहरु राष्ट्र र जनताभन्दा पनि व्यक्तिगत स्वार्थ र विलासितामा बढी रमाएका छन् । 
कुनै बेला यस्ता नेता पनि थिए, जो प्रधानमन्त्री छोडेर वालुवाटारबाट निस्किँदा एउटा छाता र ट्याङ्का बोकेर निस्किएका थिए । उनी हुन् नेपाली काँग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई । दुईपटक प्रधानमन्त्री भएपनि उनको जीवन सादा थियो । प्रधानमन्त्री पद छोडेपछि उनी ललितपुरको बाँडेगाउँस्थित सरकारले बनाइदिएको आश्रममा बस्न पुगे । 
उनको जीवन त्यही बित्यो । काँग्रेसका अर्का त्यागी नेता हुन्, सुशील कोइराला । प्रधानमन्त्री भइसकेको व्यक्तिसँग सम्पत्तिको नाममा तीन वटा मोबाइलभन्दा धेरैले आश्चर्य मान्न सक्छन् । तर, त्यो सत्य हो । बैंकमा खाता नभएर उनले प्रधानमन्त्री हुँदा आफ्नो तलब हातमा थाप्थे । उनको आफ्नो प्राण आफन्तको घरमा त्यागे । 
हिजो र आजको काँग्रेसको नेता हेर्ने हो भने आकाशपातालको फरक छ । हिजोकाले त्याग्न जानेका थिए, आजकाले सोहोर्न जानेका छन् । काँग्रेस मात्र होइन्, अन्य पार्टीका नेता पनि त्यस्तै छन् । आफूलाई नेताको रुपमा उभ्याउँछन्, तर उनीहरुको गतिविधि र चालचलन रद्दीभर पनि नेता भन्न सुहाउने खालको छैन् । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १० वर्ष जनयुद्धको नेतृत्व गरे । उनले जनयुद्ध गर्दाको बखत बोकेको एजेण्डाबाट प्रभावित भएर जनताले साथ दिए । देशमा परिवर्तनको कल्पना गरेर नेपाली जनताको छोराछोरी शहिद भए । तर, जनताले परिवर्तन देख्न पाएनन्, बरु प्रचण्डको दैनिक जीवनयापनमा व्यापक परिवर्तन भयो । 
आज उनी ७८ लाखको गाडी बाँध्न सक्ने भए । उनी मात्र होइन्, माओवादीका अन्य नेताको जीवनस्तरमा पनि राम्रै सुधार भएको छ । उनीहरु आज महलजस्तो घरमा बसेका छन् । जबकी जनताले दुई छाक टार्न संघर्ष गरिरहनुपरेको छ । जनयुद्धका घाइतेहरु आजपनि उपचारको खोजीमा भौतारिरहेका छन् । 
तीनचोटि प्रधानमन्त्री बनिसकेका प्रचण्डले जनयुद्धका घाइतेहरुका निम्ति केही गरेनन् । त्यतिबेला माओवादीमा लागेर शहिद भएका जनताका छोराछोरीले केही पाएनन् । बरु, आज प्रचण्ड देँउसीभैलो खेल्न आउनेलाई एक लाख रुपैयाँ दक्षिणा दिने हैसियतमा पुगे । वास्तवमै देश र जनताका लागि लडेका माओवादी कार्यकर्तासँग तिहारमा टीका लगाएर दक्षिणा दिने पैसासमेत नहोला । 
केही दिनअघि एउटा कार्यक्रममा प्रचण्डले भने,‘माओवादीबाट फुटेर गएको सबै एकजुट हुन्छौं । र, २०६४ सालको अवस्थामै फर्किन्छौं ।’ माओवादीको तल्लो तहको कार्यकर्तादेखि माथिल्लो तहको नेताको सम्पत्ति छानबिन गर्ने हो भने यहाँ सबैभन्दा बढी भ्रष्टाचारी भेटिन्छन् । 
माओवादीले हिजो पनि देश र जनताको लागि केही गरेन्, भोलि पनि केही गर्नेवाला छैनन् । पद र भ्रष्टाचार गर्न नपाएकाले माओवादी फुटेको हो । किराना पसल थापेझैं पार्टी खोलेर ठग्ने योजना हो भन्ने प्रष्टै छ । माओवादीले चारचोटि प्रधानमन्त्री पद पायो । तर, के उखाल्यो ? 
काँग्रेस आएनि सरकारमा जाने, एमाले आएनि सरकारमा जाने । सरकारबिना बस्नै नसक्ने पार्टीलाई जनताले किन पत्याउने ? माओवादीका नेतादेखि कार्यकर्तासम्मको उपत्यकाभित्र र सदरमुकाममा घर छ । पैदलयात्रा गर्ने त कोही पनि छैनन् । सबैका सन्तान मँहगा स्कुलमा पढ्छन् । त्यही जनताको छोराछोरी दुई घण्टा पैदल हिँडेर स्कुल जान्छन् । 
अझैपनि प्रचण्डले देश र जनताको लागि लड्छु भन्न सुहाउँछ ? हुन त उनलाई पदको स्वाद चाँखेर पुगेको छैन् होला । कतिलाई जागिर लाउनुहोला, व्यक्तिगत सम्पत्ति जोड्नुहोला । माओवादीका नेताहरु मोजमस्तीमा रमाउँदा जनताले गरेको बलिदान ‘वालुवामा पानी’ भएको छ । 
जनयुद्धको बेलामा दलालीको विरोध गर्ने प्रचण्ड आज आफैं दलालीको घरमा बसिरहेका छन् । उनको भनाइ र गराई कस्तो छ ? यहीबाट छर्लङ्ग हुन्छ । माओवादी मात्रै होइन्, एमाले, काँग्रेस, मधेशी दल, नयाँ दल भनिएको रास्वपाका नेता पनि त्यस्तै भए । कसरी हुन्छ भ्रष्टाचार गर्ने, राजश्व छल्ने, सरकारी सम्पत्ति लुट्नेतर्फ मात्र उनीहरु ध्यानमग्न छन् । 
नेताहरुको बिजनेश–व्यापार केही छैन् । तर, अंकुत सम्पत्ति कसरी जोडे ? यो भ्रष्टाचार होइन् ? नेताहरुले भ्रष्टाचार गरेको घामझैं छर्लङ्ग छ । काँग्रेस सभापति शेरबहादुर देउवाको रोपनीमा दरबारजस्तो घर छ । त्यो कहाँबाट आयो ? अन्य सम्पत्ति कति होला ? देखिनेबाहेक नदेखिने सम्पत्ति पनि थुप्रो होला । 
यो सबै भ्रष्टाचार होइन् ? नेता कमाउने पद होइन्, सेवा गर्ने पद हो । तर, यहाँ त्यस्तो सोच्ने कोही भएनन् । नेता नामका कलङ्कहरुले देश खोक्रो बनाइदिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटमा महलजस्तो घर छ । उनको पनि सम्पत्तिको लेखाजोखा छैन् । अन्य नेताको पनि सम्पत्तिको लेखाजोखा गरिसाध्य छैन् । 
नेपाली बैंकमा मात्र नभई विदेशी बैंकमा समेत सम्पत्ति थुपारेका छन् । पदमा पुग्नेबित्तिकै भ्रष्टाचार । अनि देश बन्छ ? अझैपनि नेपाली जनता यस्ताको पछाडि लाग्ने ? एमालेले मदन भण्डारी र मनमोहन अधिकारीको नाम बेचेर भ्रष्टाचार गर्यो । काँग्रेसले मातृकाप्रसाद कोइराला, बिपी कोइरालाको नाम बेचेर भ्रष्टाचार गर्यो । 
माओवादीले गरिब र जनजातिको नाम बेचेर भ्रष्टाचार गर्यो । नयाँ आउने पार्टीले पनि यिनकै सिको सिके । अरुले लुट्न हुने, हामीले लुट्न नपाउने भन्ने उनीहरुमा पर्यो । नयाँ–नयाँ नारा ल्याएर लुटे । देश र जनताका लागि एउटा पनि नेता छैन् । देश सिद्धयाउने, भ्रष्टाचार गर्ने । 
अब यी नेताहरु जोगिने धेरै दिन छैन् । जनताले लखेट्छन्, लखेट्छन् । श्रीलंका र बंगलादेशपछि पालो नेपालका नेताहरुको हुन सक्ने देखिएको छ । भनिन्छ नि,‘अतिले खति गर्छ ।’ नेताहरुले अति गरिसके र जनताले पनि अति सहिसके । जनता मरुभूमिमा गएर रगतपसिना बगाउने अनि यिनीहरु मोजमस्ती गर्ने ? 
केहीले नपुगेर नेपाली भू–भागसमेत बेचिदिएका छन् । जनताले खुट्टामा चप्पल नलगाई तिरेको राजश्वमा यिनीहरुको शोख चलेको छ । नेताहरु ‘साप’ हुन् । यिनीहरुबाट देश बन्ला भनेर कल्पना नगरेपनि हुन्छ । करले नपुगेर विदेशी ऋण ल्याउँछन् । खान्छन्, मोजमस्ती गर्छन् । 
जनताले विस्तारै यिनीहरुको विरोध गर्न थालिसकेका छन् । एकपछि अर्को गर्दै जनता खुलिरहेका छन् । नेताहरु जाने कार्यक्रममा नाराबाजी हुन थालिसकेको छ । सबैभन्दा ठूलो शक्ति जनता हो । जनता एकजुट भए भने यिनीहरु कोही पनि टिक्ने अवस्था छैन् । देशमा मँहगी ह्वात्तै बढेको छ । 
जनतालाई बिहान–बेलुका चुल्हो बाल्न धौधौं परेको छ । विदेशी ऋण दिनप्रतिदिन बढेको छ । देशमा रोजगारी नहुँदा हरेक घरको कुनै न कुनै सदस्य विदेश हानिनुपरेको छ । विकासको नाममा देश तहसनहस बनाइएको छ । गाउँबस्ती रित्तिएको छ । मौलिक हकअधिकारबाट जनता वञ्चित छन् । 
कमाउनेमा नेता र तिनका कार्यकर्ता मात्र छन् । देश सकाइसक्दासम्म हामी देश बनाउँछौं भन्न यिनीहरुलाई लाज लाग्दैन् ? जनतालाई के भेडाबाख्रा सोचेका छन् ? दिँउसै अन्धकार बनाएर भ्रष्टाचार गरेका छन् । जहाँ हेर्यो भ्रष्टाचार । अब जनताले यस्ता भ्रष्टाचारीहरुको कुरा पत्याउने होइन्, यिनीहरुको विरोधमा आवाज उठाउने हो । 
भक्तपुर

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending