धरान । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।
धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाइ हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ । सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए । दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७९÷८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको । दुर्घटनामा ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् ।
सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन । ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन । चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।
धरान–इटहरी सडक आयोजना इटहरीका इन्जिनियर अस्मिता सुवेदीले चार लेन सडकको पश्चिमतर्फको दुई लेन सडकको काम भइरहेको बताइन् । निर्माणमा संलग्न ठेकेदारलाई काम छिटो गर्न पत्राचार गरेको उनको भनाइ छ । ठेक्काको म्याद सकिएपछि म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर सुवेदीले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: