काठमाडौँ , निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेको छन् । गृह मन्त्रालयमा आज आयोजित बिदाइ समारोहमा उनले भने, “सरकारले सुरु गरेको सुशासनको अभियानलाई भरपूर सहयोग गरे, अब पनि यसलाई निरन्तरता दिनुहोस् ।”
निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता तथा सार्वभौमिकताको रक्षार्थ थालनी गरिएको कामलाई निरन्तरता दिन पनि आग्रह गरे । आफू झण्डै एक वर्ष गृह मन्त्रालयको नेतृत्वमा रहँदा सुशासन र सामाजिक न्यायको प्रत्याभूति दिन क्रियाशील रहेको उल्लेख गर्दै उनले जनतामा आशा जगाउने गरी सुधार गरिएको जिकिर गरे ।
“सरकारले सुशासनमा फड्को मारेको छ, जनतालाई आशा देखाउन सकिएको छ”, उनले भने । आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेकै दिन सुराकी खर्चसम्बन्धी व्यवस्था तथा राष्ट्रिय परिचयपत्रमा भएको जैविक विवरण निजी क्षेत्रलाई दिने गरी भएका निर्णय पनि खारेज गरिएको उनले स्पष्ट पारे ।
निवर्तमान गृहमन्त्री श्रेष्ठले अवैधरुपमा व्यक्तिको नाममा सारेका सरकारी जग्गा फिर्ता ल्याउने, अपराध नियन्त्रण, मिटरब्याजपीडितलाई न्याय दिने, सहकारी ठगीको अनुसन्धान गर्नेलगायत काममा सफलता हासिल गरिएको उल्लेख गरे। “सुधारका कामलाई सबैले आत्मसात् गर्नुपर्छ, एउटा मन्त्री गएर अर्को मन्त्री आउँदा यो अभियान रोकिनु हुँदैन”, उनले भने, “यी कामलाई फत्ते गर्नुपर्छ ।”
गृहमन्त्रालयमा रहँदा आफूले सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा ल्याउने, जालसाजी गर्ने, ठगी गर्ने तथा राज्य लुट्नेलाई कारबाहीको अभियान चलाएको स्मरण गर्र्दै उनले बालुवाटारस्थित ललितानिवासको जग्गा फिर्ताको प्रक्रिया सोही अभियानको सफलताका रुपमा रहेको बताए ।
गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा चालिएका सामाजिक न्याय, सुशासन र सङ्क्रमणकालीन व्यवस्थापनमा चालेका कदम स्वागतयोग्य र स्मरणयोग्य रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: