Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

अफगानिस्तानमा महिला तथा बालिकाको अधिकारलाई प्राथमिकता दिन आग्रह

खबरडबली संवाददाता

एजेन्सी । अफगानिस्तानमा महिलाहरूलाई आधारभूत अधिकारबाट वञ्चित भएको विवरणह आइरहेका समयमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, भोल्कर टर्कले अफगानिस्तानमा महिला तथा किशोरी अधिकारलाई प्राथमिकता दिन आह्वान गरेका छन् । 

तुर्कले अफगानिस्तानले सामना गर्ने महिला तथा किशोरीहरूको अधिकारको अत्यधिक उल्लङ्घनको विषयमा ध्यानाकर्षण गराएकाे खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । 

अफगानिस्तानमा मानव अधिकारका लागि संयुक्त राष्टसङ्घीय विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिला तथा बिशोरहरूको दुरावस्थालाई विशेष जोड दिँदै अफगानिस्तान मानव अधिकारको गम्भीर अवस्थामा तुर्कको चिन्तालाई उजागर गरे । 

महिला अधिकारमा ध्यान केन्द्रित गर्दै अफगानिस्तानको इस्लामिक इमिरेटसँगको कुनै पनि अन्तरक्रियाका लागि मानव अधिकारको मौलिक सम्मान पूर्व शर्त भएको  बेनेटले बताए । 

तालिबानले सत्ता कब्जा गरेको दुई वर्षभन्दा बढी समयपछि अफगानिस्तानमा मानव अधिकारको निरन्तर ह्रासबारे बेनेटको प्रतिवेदन २९ फेब्रुअरीमा संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्मा पठाइएको थियो ।

खामा प्रेसका अनुसार तुर्कले मानव अधिकारका मुद्दाहरूमा मात्र नभई तालिबानले सञ्चारमाध्यम र पत्रकारिताको दमनको बारेमा पनि चिन्ता व्यक्त गरे । प्रतिवेदनमा कान्दाहारमा व्यक्तिहरूको तस्बिरको प्रकाशनलाई गैरकानुनी बनाउने र खोस्ट प्रान्तमा महिलाहरूलाई रेडियो कार्यक्रममा समेत निषेध गर्ने जस्ता उपायहरू समावेश छन् ।

यद्यपि, तालिवान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिला अधिकारका लागि वर्तमान् सरकार प्रतिबद्ध भएको बताए । मानव अधिकारको उल्लङ्घनलाई अस्वीकार गरी पश्चिमी राष्ट्रहरूले अफगान सरकारलाई दबाब दिन यी दावीहरू प्रयोग गरेको दावी उनले गरे । 

तालिबानले महिला अधिकारमा लगाएको कडा प्रतिबन्धले उनीहरूको शिक्षा र रोजगारीका अवसरहरूमा घातक प्रभाव पारेको छ । अफगान महिला तथा बालिकाहरूले सशक्तिकरण र आर्थिक स्वतन्त्रताको लागि आवश्यक मार्गहरूबाट वञ्चित गर्दै विद्यालय जान वा सुखद भविष्यको  खोजी गर्न विकराल अवरोधहरूको सामना गरिरहेका छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय समुदायले व्यापक मानवीय प्रयासको एक हिस्साको रूपमा अफगान महिला अधिकारको संरक्षण र समर्थनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको खामा प्रेसले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE