Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सहकारी संकटः कोशीका सहकारीमा जिबि राईको कनेक्सन !

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको तुलसी बहुउद्देश्यीय सहकारीका संचालक समिति अध्यक्ष केदारनाथ शर्मा र सुनसरी इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर जिबि राईबाट दिक्षित रहेको स्रोतले दाबी गरेको छ ।

जिबि राई सहकारीका बचतकर्ताको रकम ठगी गर्ने सबैभन्दा ठूलो गिरोहका नाइके हुन् । प्रहरीले उनको खोजी गर्न इन्टरपोलमा सूचना जारी गरिसकेको छ । कोशी प्रदेशमा पनि उनको कनेक्सनबारे अध्ययन भइरहेको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै बचतकर्ताको रकम ठगी गर्नेमध्येका हुन् केदारनाथ शर्मा । शर्मा अहिले प्रहरी खोरमा छन् । तर, उनले ठगी गरेको रकम फिर्ता पाउने आशामा बसेका बचतकर्ता निरिह छन् । शर्माले ५ हजार बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको बताइन्छ । उक्त रकम कहिले फिर्ता हुन्छ बचतकर्ता अन्यौलमा छन् ।

सुनसरीको इटहरीको अम्बे सहकारीका अध्यक्ष फणिन्द्र मगर पनि उनै जिबि राईको विश्वासपात्र रहेको कोशी प्रदेश सहकारी रजिष्टार कार्यालय स्रोत नै बताउँछ । उक्त सहकारीले बचतकर्ताको ६१ करोड डुबाएको छ । यस्तै १६ करोड रुपैयाँ डुबाउने रारा बचत तथा ऋण सहकारी संस्था पनि उनै जिबिबाट दिक्षितहरुले डुबाएको सो कार्यालय दाबी गर्छ । जिबि राई उदयपुरका स्थानीय हुन् । उदयपुरकै भएको कारण त्यहाँका प्राय संस्थाहरु पनि जिबिकै तरिका फलो गर्ने हुँदा संकटोन्मुख देखिएको कार्यालय बताउँछ ।

‘उदयपुरको कुनै पनि संस्था राम्रो छैन । धरानमा पनि त्यही समस्या हो । युवा स्वरोजगार कोषको पैसा लगेका उदयपुरका सबै संस्थाले डुबाएको मात्रै रेकर्ड भेटिन्छ,’ उक्त स्रोतले भन्यो ।

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको पालामा युवा स्वरोजगार कोष निर्माण भएको थियो । सो कोषको पैसा धेरैजसो उदयपुरका सहकारी संस्थाहरुले लगेका थिए । ‘त्यहाँ धेरैजसो सहकारी संस्थाका हर्ताकर्ताहरु नै ठगजस्तो लाग्छ । त्यहाँको अवस्था एकदमै अप्ठ्यारो छ । अहिले रजिष्ट्रार कार्यालयमा पनि दुईवटा निवेदन परेका छन् । त्यसमा जोडिएका मानिसहरु पनि सहकारीका अभियानकर्ता नै छन्,’ स्रोतले भन्यो ।

सहकारीहरु सुदखोर जस्ता भएको सहकारी रजिष्टार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्री बताउँछन् । ‘सहकारीमा सुदखोरहरुको पैसा राख्न दिनुहुँदैन । अहिलेसम्म सहकारीवालाले पनि सुदखोरको पैसा राखिदिए, कालोधन लुकाउन सहकारी माध्याम भए । कस्तो पैसा राख्ने कस्तो नराख्ने उनीहरुले थाहा नै पाएनन्,’ खत्रीले भने, ‘आज सहकारीमा संकट किन आयो भन्ने कुरा सहकारीकै सदस्यहरूलाई थाहा छैन । संस्थामा नीति बनाउने, विधि, बजेट र कार्यक्रम बनाउने कुरामा सदस्यहरुको भूमिका नै कमजोर भयो ।’

संकटमा परेका सहकारीहरुमा जिबि राईको कनेक्सन भने नभेटिएको भएपनि उनको कनेक्सन हुनसक्ने उनी पनि स्वीकार गर्छन् । ‘जिबी राईको कनेक्सन हुनसक्छ । हामी खोजी गरिरहेका छौं,’ उनले भने ।

खत्रीले सहकारीको आत्मा नै मरिसकेको दाबी पनि गरे । ‘अब त सहकारी प्यारालाइज भयो । साधरणसभामा विषय प्रवेश नै हुँदैन । भव्य उद्घाटन ग¥यो भाषण गरेर साधरणसभा सकिन्छ । दुई तीन सय भत्ता लिन शेयर सदस्यहरु लोभिन्छन् तर, लाख डुबेको विचार नै गर्दैनन्,’ खत्रीले भने, ‘सहकारीको आत्मा छँदैछैन् । सहकारीको आत्मा भएको भए यस्तो समस्या नै हुँदैनथ्यो । सहकारीको आत्मा मर्नुको कारण कानुन निर्माणदेखि नै छ ।’

उनले पछिल्लो सहकारी ऐन बनाउँदा परेका २७८ वटा संशोधन हुनु नै विचौलियाको प्रभाव भएको दाबी गरे । ‘नेपालको कानून निर्माणको इतिहासमा सबैभन्दा बढी २७८ वटा संशोधन सहकारी ऐनमै किन परे ? त्यहाँ इच्छाराज तामाङहरु थिए । सबै स्वार्थ समूह रहेका मानिसहरु संसदमा प्रवेश गरेपछि बचतकर्ताको बचत नडुबेर के डुब्छ ? ०४८ सालको सहकारी ऐनमा सहकारीलाई स्वायत्त बनाइयो । तर, स्वायत्त सदस्यहरु नभएर संचालक समितिका सीमित मानिसहरु मात्रै भयो,’ खत्रीले भने ।

उनले सहकारीभित्र गैर सहकारी मानिसहरूको प्रवेशले पनि समस्या आएको दाबी गरे । अहिले आएर अब सहकारी किन चाहियो भन्ने प्रश्न उठ्न थालेको उनको भनाइ छ । ‘यसलाई कसरी सपार्ने भन्नेतिर कसैले सोचेको छैन । अब राष्ट्र बैंकलाई हेर्न दिने हो भने सहकारी किन चाहियो रु बैंक छँदैछन् नि !,’ उनले भने । हाम्राेमतबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending