Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई सभाको गरिमा कायम राख्न सुझाव

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिएका छन् । 

विहीबार बसेको सभाको बैठकमा नवनिर्वाचित सदस्यहरुलाई शुभकामना दिँदै सांसद देवेन्द्र दाहालले प्रतिपक्ष र सत्तापक्ष नभनी सभाको गरिमा उच्च राख्नुपर्ने विषयप्रति सचेत रहन आग्रह दिए । राष्ट्रियसभा प्रतिनिधिसभाको छाया बन्न नहुने उनको धारणा थियो ।  

“गठबन्धनहरु फेरिरहन्छन् । तर यो स्थिर र स्थायी सभा हो । यो सभाले खेल्ने भूमिका बेग्लै हुन्छ । कहिलेकाही हामी पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ”, उनले भने । सांसद गोपीबहादुर सार्की अछामीले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालका लागि  शुभकामना व्यक्त गर्दै सभाले स्थापित गरेका मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले राष्ट्रियसभा समयमै चल्छ भन्ने मान्यता स्थापित भएको बताए । सांसद अछामीले सभाका सबै सदस्यले साझा सहमतिको संस्कार विकास गरेको धारणा राखे । सांसद कमलादेवी पन्तले पनि राष्ट्रियसभाको गरिमा कायम राख्न सांसदहरुलाई सुझाव दिइन् । उनले संविधानको पूर्ण कार्यान्वयनको सन्र्दभमा आवश्यक कानुन निर्माण नभएकोप्रति पनि ध्यानार्कषण गराइन् । विधायिकालाई विश्राम गर्ने छुट नभएको उनको भनाइ थियो । “स्थायी व्यवस्थापकीय अङ्गका रुपमा स्थापित सभाले निर्वाह गर्ने भूमिका कायम राख्ने गरिमा र ओजलाई गहिरो नजरमा हेरिएको छ”, उनले भनिन्, “त्यसैले पनि हामी जनताको विशेष निगरानीभित्र छौँ ।”

सांसद बेदुराम भुसालले पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकको प्रगतिको दिशामा अघि बढाउनु शुभकामना दिए । उनले  मुलुकको अर्थतन्त्रमा देखिएको समस्याबारे सरकारको ध्यानार्कषण गराए । “सत्ता समीकरण बदलिएको छ । पटक–पटक समीकरण परिवर्तन हुँदा मुलुकले अस्थिरता भोग्नु परेको गुनासो छ”, उनले भने, “पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकमा देखिएका चुनौतिको सामना गर्दै अघि बढ्नका लागि म शुभकामना दिन चाहन्छु ।”

सांसद मोहमद खालिदले राष्ट्रियसभा सदस्यको भूमिका स्मरण गराउँदै जनसरोकारका विषयमा एकजुट र साझा मत कायम गर्नुपर्ने धारणा व्यक्त गरे । “हामी संविधानका रक्षक पनि हौँ र मुलुक र जनताको हितका लागि कानुन निर्माणसँगै सरकारको निगरानीका लागि यहाँ छौँ”, उनले भने, “पिछडिएका समुदाय र वर्गका लागि यस सदनमार्फत आवाज उठाउने प्रतिबद्धताका लागि आग्रह गर्दछु ।”

सांसद तुलप्रसाद विश्वकर्माले परिवर्तित सत्तासमीकरणप्रति असन्तुष्टि व्यक्त गरे । सांसद शेखरकुमार सिंहले जनताको विश्वासलाई कायम राख्न सुझाव दिए । 

बैठकमा नवनिर्वाचित सदस्य आनन्दप्रसाद ढुङ्गानाले सभामा आफ्नो पहिलो अनुभव सुनाउदै जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरे । नवचिर्वाचित सदस्यहरु किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, पदमबहादुर परियार र पुजा चौधरीलगायतले सभाको गरिमा कायम राख्ने प्रतिबद्धता जनाए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE