Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि

खबरडबली संवाददाता

एजेन्सी । सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ । विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा काम गर्दै आएको छ । वैदेशिक निर्यातले विनिर्माण क्षेत्रको ठूलो रोजगारीलाई सुरक्षा प्रदान गर्दछ ।

जनवरी र फेब्रुअरीमा निर्यात ७.१ प्रतिशतले बढेको छ । यसले विश्लेषकहरूको ब्लुमबर्ग सर्वेक्षणमा १.९ प्रतिशतको  पूर्वानुमानलाई गलत सावित गरिदिएको चिनियाँ सामान्य भन्सार प्रशासनले बताएको छ ।
 
चीनले आफ्नो कडा शून्य–कोभिड उपायहरूलाई अन्त्य गर्दै सामान्य जनजीवनमा फर्कैको गत वर्षको जनवरी–फेब्रुअरीको तुलनात्मक आधारमा यो ठूलो वृद्धि हो । 

चीनमा वैदेशिक निर्यातमा लगातार छ महिनाको सङ्कुचनपछि नोभेम्बरदेखि यसमा सामान्य वृद्धि भइरहेको छ । यद्यपि, मुद्रास्फीति र उच्च ब्याज दरका कारण विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा चिन्ताले चिनियाँ सामानहरूको मागलाई कम गरिरहेको छ ।

वाणिज्यमन्त्री वाङ वेन्ताओले बेइजिङमा आयोजित एक प्रमुख राजनीतिक भेलाका क्रममा बुधबार हालैको पुनरुत्थानलाई स्वीकार गर्दै ‘सुधारको समग्र प्रवृत्ति माथि उठिरहेको’ बताए । तर उनले मार्चमा यसमा गिरावट आउनसक्ने चेतावनी दिए । 

हालैका वर्षहरूमा वासिङ्टनसँगको बढ्दो भूराजनीतिक तनावका कारण चीनको व्यापार प्रदर्शन प्रभावित बन्ने गरेको छ । यसले पश्चिमी फर्महरूलाई चीनमाथिको निर्भरता कम गर्न उत्प्रेरित गरेको छ ।

डिसेम्बरमा ०.२ प्रतिशतले वृद्धि भएको आयात पनि जनवरी–फेब्रुअरीमा ३.५ प्रतिशतले बढेको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले यो अवधिमा आयात २.० प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

यसअघि चीनले ११ महिनाका लागि आयातमा नियन्त्रण गर्दै मुद्रास्फीतिलाई थप भयावह बन्नबाट जोगाएपछि अक्टोबरदेखि निर्यात दर केही सम्हालिएको थियो ।

सन् २०२३ मा चीन र रूसबीचको व्यापार उच्च विन्दुमा पुगे पनि पहिलो दुई महिनामा रूसबाट हुने आयात कम बलियो बनेको थियो । सन् २०२१ को अप्रिलयताको सबैभन्दा कमजोर प्रदर्शन गर्दै चीनका लागि रूसबाट हुने निर्यातमा ६.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेष पहिलो दुई महिनामा १२५.१ अर्ब अमेरिकी डलर रहेकोमा डिसेम्बरमा ७५.३ अर्ब डलर पुगेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending