एजेन्सी । एक नातेदारले युक्रेनमा लड्न पठाइएको बताएको केही दिनपछि रुसी सेनाले भर्ती गरेको एक नागरिकको मृत्यु भएको मस्कोस्थित भारतीय दूतावासले बताएको छ । रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ ।
नयाँ दिल्लीमा विदेश मन्त्रालयले गत महिना रुसी सेनामा ‘फँसेका’ करिब २० भारतीय नागरिकको सुरक्षित रिहाइका लागि काम गरिरहेको बताएको थियो । दूतावासले मोहम्मद अफसानको मृत्युपछाडिको परिस्थितिबारे खुलाएन तर उनको परिवार र रुसी अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ । “मिसनले उनको पार्थिव शरीर भारत पठाउन प्रयास गर्नेछ”, दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
अफसानका भाइ मोहम्मद इमरानले फेब्रुअरीमा आफ्नो भाइ करिब दुई महिनादेखि बेपत्ता भएको बताए । अफसानले अन्तिमपटक दक्षिणी रुसी सहर रोस्तोभ–अन–डनबाट फोन गरेर उनलाई अग्रिम मोर्चाका लागि तैनाथ गरिएको बताएको इमरानले बताएका थिए ।
भाग्न सफल अर्का एक भारतीय सैनिकले आफ्नो परिवारलाई ३० वर्षीय अफसान गोली लागेर घाइते भएको बताएको इमरानले बताए । अफसान रुसी सेनामा कार्यरत आफ्ना नागरिकमध्ये भारतीय अधिकारीहरूले पुष्टि गरेको पहिलो मृत्यु हो र समग्रमा यो दोस्रो मृत्यु हो ।
गुजरात राज्यका २३ वर्षीय एक व्यक्ति ‘सुरक्षा सहायक’ का रूपमा काम गर्दा युक्रेनी हवाई आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यमले आफन्त र अर्का भारतीय सैनिकलाई उद्धृत गर्दै गत महिना बताएको थियो ।
सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए ।
आफूहरूलाई गैर–लडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: