Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

युक्रेनमा लडिरहेका महिला सैनिकहरूको पुटिनद्वारा प्रशंसा

खबरडबली संवाददाता

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गरेका छन् । 

उनले ५२ महिला कैदीलाई रिहा गर्ने आदेशसमेत जारी गरे । उनीहरूको आफन्त सेनामा थिए । बिदा मनाउका लागि सम्बोधन गर्दै पुटिनले विशेष सैन्य अभियानको क्षेत्रमा रहेका महिलाहरूलाई विशेष धन्यवाद दिए । रुसले युक्रेनविरुद्धको आफ्नो पूर्णस्तरका आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्ने गरेको छ । 

रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार तीन लाखभन्दा बढी महिला सशस्त्र बलमा सेवा र काम गर्ने गरेको जानकारी दिए । गत वर्ष उनले युक्रेनमा करिब एक हजार एक सय महिलाले ‘लडाइँ’ लडिरहेको बताएका थिए । 

तीमध्ये अधिकांश चिकित्सक, नर्स र भान्सेजस्ता सहायक भूमिकामा छन् । अर्को भिन्नै भिडियो सन्देशमा शोइगुले युक्रेनमा लडिरहेका सैनिकका आमाहरूलाई धन्यवाद दिए । “तपाईंहरूले सच्चा देशभक्त र मातृभूमिका बहादुर रक्षकहरू हुर्काउनुभएको छ”, उनले भने । 

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि रुसले सैनिकहरूलाई ‘नायक’ का रूपमा सम्मानित गरेको छ र सेनाको प्रतिष्ठा बढाउन तथा उनीहरूको सुरक्षा गर्न खोजेको छ । 

कडा सेन्सरसिप कानूनअन्तर्गत सशस्त्र बलहरूको ‘अपमान’ गर्ने वा सैन्य अभियानका बारेमा ‘गलत सूचना’ फैलाउने सैयौँ मानिसमाथि मुद्दा चलाइएको छ ।

हालैका साताहरूमा सङ्गठित सैनिकहरूका केही श्रीमतीले आफ्ना पतिहरूलाई अग्रिम पङ्क्तिबाट हटाएर घर ल्याउन माग गर्दै क्रेमलिनबाहिर दुर्लभ विरोध प्रदर्शन गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE