Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता: पाण्डुबजार एफसी विजयी

खबरडबली संवाददाता

भक्तपुर । तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० पाण्डुबजार फुटबल क्लव (एफसी) पाण्डुबजार भक्तपुरको पोल्टामा परेको छ । भक्तपुर युवा टिम भक्तपुर नगरपालिका वडा नम्बर ७ गोल्मढी भक्तपुरको आयोजनामा शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार विजयी हुन सफल भएको हो । पाण्डुबजारले ३-२ गोलले जित हासिल गरेका हो ।

खेल सुरु भएको पहिलो ६ मिनेटमै पराजित सामाजिककोतर्फबाट जर्सी नम्बर १० का डीवी चौधरीले गोलको सुरुवात थालेका थिए । तर, पनि सामाजिकले नतिजा आफ्नो हात पार्न सकेन । त्यसपछि खेल सुरु भएको २१औं मिनेटमा विजयी पाण्डुबजारकोतर्फबाट जर्सी नम्बर ७ का विवेक कवांले गोल गरी खेल बराबरीमा पुगेको थियो ।

त्यसपछि रोमाञ्चक रुपमा अघि वढेको खेलमा फेरि पाण्डुबजारकै उही बिबेकले पहिलो हाफकै २८औं मिनेटमा थप एक गोल गरी विजय यात्रा तय गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा विजयी पाण्डुबजारकै जर्सी नम्बर ४ का सतिश सुवालले पुन एक गोल गरी विजयी सुनिश्चित जस्तै बनाएका थिए । तर, जितको थालनी गरेको पराजित सामुदायिकबाट जर्सी नम्बर ९ का रोशन राईले एक गोल फर्काउन सफल भएका थियो । त्यसपछिबाट दुैवै टिमकोतर्फबाट कुनै गोल हुन सकेन र ३-२ गोलबाट पाण्डुबजारले कप चुमे ।

प्रतियोगितामा प्रथम हुन सफल पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरे । दोश्रो हुन बाध्य सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफी प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो ।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए । अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको बताए ।

प्रतियोगिताको उत्कृष्ट गोल किपरका रुपमा सामाजिक युवा क्लवका शुशिल कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डुबजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लवका सन याका, बेष्ट स्टाइकर पाण्डुबजारकै विवेक कवां, बेष्ट कोच पाण्डुबजारका रुपेन अवाल भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट दर्शकका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउलालाई पुरस्कृत गरिएको थियो । प्रतियोगिता फागुन १६ गते शुक्रबारदेखि सुरु भएको थियो । 

पुरस्कार वितरण समारोहमा विशेष अतिथि वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांसहितले बधाई दिएका थिए । साथै आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् टिमका सल्लाहकार उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसीसहितका अतिथीहरूले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक भौतिक सहयोग गर्ने संघसंस्था र महानुभावहरुलाई आयोजकहरुको तर्फबाट प्रशंसापत्र वितरण भएको गरिएको थियो । यसअघि प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । 

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट खेलाडीको रुपमा सामाजिक युथ क्लवका ओसन राई घोषित भएका थिए भने फाइनल खेलसँगै प्रतियोगिताको उद्यीमान खेलाडीको रुपमा सामाजिक युथ क्लवका रोशन राई, उत्कृष्ठ खेलाडीको रुपमा विजेता पाण्डुबजारका इब्राहिन फोफोना घोषित भएका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE