Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

फाइल फाेटाे
खबरडबली संवाददाता

मोरङ । अम्रिसोको मूल्य निरन्तर ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यसवर्ष अम्रिसोेको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित भएका हुन् । 

गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी १३० रूपैयाँ सम्म रहेकोमा हाल पचास देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेलले बताए । “किसानसँग खरिद गरेको काँचो अम्रिसोे सुकाउँदा औसतमा १५ देखि २० प्रतिशतसम्म घट्ने गरेको बताउँदै प्रतिकेजी रु ७० देखि ७५ सम्ममा झापाको धुलाबारीस्थित डिलरमा आफूले बेच्ने गरेको” उनले भने । 
पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश किसान नगदेबालीको रुपमा व्यावसायिक हिसाबले अम्रिसोे खेतीमा आकर्षित भएका छन् । “गतवर्षसम्म अम्रिसोेको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका थियौँ, यस पटकको अम्रिसोेको मूल्यले निरास बनायो” लेटाङ– १ का किसान यामबहादुर मगर बताउँछन् । पाँच रोपनी बारीमा लगाएको अम्रिसो वार्षिक दश मन जति उत्पादन हुने गरेको मगरको भनाइ छ । 

किसान मगरका अनुसार “गत साल प्रतिकेजी रु १४० सम्ममा लेटाङ बजारमा अम्रिसोे कारोबार भएको थियो ।” विगतका वर्षमा राम्रो आम्दानी हुने गरेकाले हौसिएर अरु बाली मासेर अम्रिसोे लगाएकामा अहिले मूल्य नपाउदा दुःख लागेको अम्रिसो उत्पादन गरेका किसान हस्त मगरले बताए  । 

ओरालो र भिरालो ठाउँमा हुने अम्रिसो वर्षमा एक पटक मात्र उत्पादन हुने गर्दछ ।  तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानको यसतर्फ आकर्षण बढेको छ । कुनै सयम बिक्री नभएर बस्तु चौपायको आहारा बन्ने गरेकामा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि किसानको यस तर्फ आकर्षण बढेको लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...

पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

पहिरोले थुनियो अरनिको राजमार्ग, अन्य सडकमा पनि जोखिम बढ्दो

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...

आफ्नै नीतिमा आफैं अल्झिए सांसद खनाल, पुर्जा नभएकै जग्गामा नक्सापासबिनै घर

कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...

पाकिस्तानमा पनि बुद्ध जयन्ती

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending