एजेन्सी । इजरायली राष्ट्रपति बेन्यामिन नेतन्याहूले गाजामा जारी युद्धप्रति देखाएको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा बढी क्षति पुर्याइरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
गाजाको मानवीय सङ्कट झनै विकराल बन्दै गएको र यसले अमेरिकी संसद्मा राष्ट्रपतिको विपक्षमा कडा विरोध भइरहेको समय वाइडेनले दक्षिणी गाजाको रफामा इजरायलको आक्रमणको चेतावनीबारे विरोधाभासी टिप्पणी आएको हो ।
“नेतन्याहूलाई इजरायलको रक्षा गर्ने अधिकार छ, हमासलाई पछ्याइरहने अधिकार छ”, बाइडेनले भने, “तर उनि (नेतन्याहू) ले चालेका कदमका कारण निर्दोष मानिसको ज्यान जानेतर्फ बढी ध्यान दिनुपर्छ ।”
“मेरो विचारमा उनले इजरायललाई सहयोग गर्नुभन्दा पनि बढी चोट पुर्याइरहनुभएको छ,” उनले थपे । रफाको २४ लाख बासिन्दामध्ये करिब १५ लाख अहिले गाजामा सुरक्षाका लागि पुगेका विस्थापित प्यालेष्टिनी नागरिक रहेका छन् । यस क्षेत्रमा हुने आक्रमणले ठूलो मानवीय जोखिम निम्त्याउन सक्ने भन्दै रफामा इजरायलको सम्भावित आक्रमणको बारेमा बाइडेनको अस्पष्ट देखिँदै आएका छन् ।
“यो खतराको रेखा हो”, ८१ वर्षीय डेमोक्र्याट नेताले भने, “म इजरायलको पक्ष कहिल्यै छोड्ने छैन । इजरायलको प्रतिरक्षा अझै पनि महत्वपूर्ण छ ।”
बाइडेनले बिहीबार स्टेट अफ द युनियनको सम्बोधनपछि नेतन्याहूलाई गाजा युद्धबारे छलफल गरेर अघि बढ्नुपर्ने भन्दै इजरायली प्रधानमन्त्री नेतन्याहूलाई वासिङ्टन भ्रमणका लागि निमन्त्रणा दिए ।
अक्टोबर ७ मा हमासले सीमापार गरेको आक्रमणमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाइएको थियो । बदलामा इजरायलले गाजामा निरन्तर हवाई आक्रमण गरिरहेको छ ।
हमास नियन्त्रित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ३१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको र मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका प्यालेष्टिनी स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: