Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दुई लाख राशिको भलिबलको उपाधि गलकोट नगरपालिकालाई

खबरडबली संवाददाता

पर्वत । तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत यहाँ आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ । 

४२औँ राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट विजयी बनेको हो । 

यससँगै गलकोटले रु दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको कुश्माले रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

‘वेस्ट अफ फाइभ’ को आधारमा भएको ‘फाइनल’ खेलमा चार ‘सेट’ खेलिसक्दा तीन ‘सेट’ गलकोटले जितेपछि पाँचौँ सेट नखेल्दै गलकोट विजेता बनेको हो । पहिलो, तेस्रो र चौथो ‘सेट’ क्रमश: २५–१५, २५–१७ र २५–१८ मा गलकोटको पक्षमा पर्दा दोस्रो ‘सेट’ ३१–२९ को नतिजासहित कुश्माले हात पारेको थियो ।

प्रतियोगितामा पर्वतकै फलेवास नगरपालिकाले तेस्रो स्थान बनाएको छ । यससँगै उसले रु ५० हजार एक सय ११ हात पारेको छ । फलेवासलाई पर्वतकै बिहादी गाउँपालिकाले ‘वाक ओभर’ दिएको थियो ।

यस्तै रु ७७ हजार पुरस्कार राशि रहेको खुल्ला पालिकास्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा पर्वतको कुश्मालाई पराजित गर्दै पोखरा भेट्रान्सले रु ७७ हजार सात सय ७७ प्राप्त गरेको छ ।

‘वेस्ट अफ फाइभ’ मा भएको प्रतिस्पर्धामा पहिलो, तेस्रो र पाँचौँ सेट पोखराले जित्दा दोस्रो र चौथो सेट मात्रै कुश्मा नगरपालिकाले जितेको हो । पोखराले पहिलो सेट २५–१६ मा, तेस्रो सेट २५–१९ र पाँचौँ सेट १५–१० जित्यो भने कुश्माले दोस्रो सेटमा २५–१७ मा र चौथो सेट २५–१९ मा जितेको हो । 

उपविजेता बनेको कुश्माले पुरस्कारका रूपमा रु ४४ हजार चार सय ४४ पाएको छ । खुला महिला भलिबल प्रतियोगितातर्फ कुश्माको टोली विजेता बनेको छ । 

फाइनलमा पुन ट्रेनिङ सेन्टरलाई पराजित गर्दै कुश्माले उपाधि जितेको हो । जीतसँगै कुश्माले पुरस्कार स्वरूप रु ५५ हजार पाँच सय ५५ पाएको छ भने उपविजेता बनेको पुन ट्रेनिङ सेन्टरले रु ३३ हजार तीन सय ३३ पाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending