Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

दुई लाख राशिको भलिबलको उपाधि गलकोट नगरपालिकालाई

खबरडबली संवाददाता

पर्वत । तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत यहाँ आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ । 

४२औँ राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट विजयी बनेको हो । 

यससँगै गलकोटले रु दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको कुश्माले रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

‘वेस्ट अफ फाइभ’ को आधारमा भएको ‘फाइनल’ खेलमा चार ‘सेट’ खेलिसक्दा तीन ‘सेट’ गलकोटले जितेपछि पाँचौँ सेट नखेल्दै गलकोट विजेता बनेको हो । पहिलो, तेस्रो र चौथो ‘सेट’ क्रमश: २५–१५, २५–१७ र २५–१८ मा गलकोटको पक्षमा पर्दा दोस्रो ‘सेट’ ३१–२९ को नतिजासहित कुश्माले हात पारेको थियो ।

प्रतियोगितामा पर्वतकै फलेवास नगरपालिकाले तेस्रो स्थान बनाएको छ । यससँगै उसले रु ५० हजार एक सय ११ हात पारेको छ । फलेवासलाई पर्वतकै बिहादी गाउँपालिकाले ‘वाक ओभर’ दिएको थियो ।

यस्तै रु ७७ हजार पुरस्कार राशि रहेको खुल्ला पालिकास्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा पर्वतको कुश्मालाई पराजित गर्दै पोखरा भेट्रान्सले रु ७७ हजार सात सय ७७ प्राप्त गरेको छ ।

‘वेस्ट अफ फाइभ’ मा भएको प्रतिस्पर्धामा पहिलो, तेस्रो र पाँचौँ सेट पोखराले जित्दा दोस्रो र चौथो सेट मात्रै कुश्मा नगरपालिकाले जितेको हो । पोखराले पहिलो सेट २५–१६ मा, तेस्रो सेट २५–१९ र पाँचौँ सेट १५–१० जित्यो भने कुश्माले दोस्रो सेटमा २५–१७ मा र चौथो सेट २५–१९ मा जितेको हो । 

उपविजेता बनेको कुश्माले पुरस्कारका रूपमा रु ४४ हजार चार सय ४४ पाएको छ । खुला महिला भलिबल प्रतियोगितातर्फ कुश्माको टोली विजेता बनेको छ । 

फाइनलमा पुन ट्रेनिङ सेन्टरलाई पराजित गर्दै कुश्माले उपाधि जितेको हो । जीतसँगै कुश्माले पुरस्कार स्वरूप रु ५५ हजार पाँच सय ५५ पाएको छ भने उपविजेता बनेको पुन ट्रेनिङ सेन्टरले रु ३३ हजार तीन सय ३३ पाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE