काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डीपी अर्यालका मन्त्रालय साटफेर गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। लामिछाने र अर्याल उल्लिखित पदमा रहँदा स्वार्थको द्वन्द्व हुने दाबी गर्दै उनीहरूका मन्त्रालय आपसमा हेरफेर गर्न माग गरी आइतबार युवराज सफलले निवेदन दिएका हुन्।
निवेदनमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यो जानकारी गराउन मिति २०८० फाल्गुन २३ गत बुधबारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र उपसभापति एवम् सांसद डीपी अर्याल क्रमशः उपप्रधान तथा गृह र श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भएकोले निजहरू उल्लेखित पदमा रही कार्य गर्दा स्वार्थको द्वन्द्व स्पष्ट देखिने हुँदा निजहरूको जिम्मेवारी तत्काल हेरफेर गरी पाऊँ भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो निवेदन पेस गरेको छु।’
गृहमन्त्री लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधी रहेको तथा सहकारी ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेका, सम्पत्ति शुद्धीकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवम् छानबिन समेत गरेको पनि उल्लेख छ।
यस्तै डीपी अर्याल श्रम तथा रोजगार मन्त्री बन्दा उनी मेनपावर व्यवसायीका रूपमा कार्य गरेको र हाल पनि मेनपावर कम्पनीको जिम्मेवार पदमा रहेको उल्लेख गर्दै उनलाई सो पदमा राख्न नहुने जिकिर निवेदनमा गरिएको छ।
उल्लेखित मन्त्रीहरूको जिम्मेवारी हेरफेर नगरे अदालतमा प्रधानमन्त्रीलाई समेत विपक्षी बनाई कानुनी उपचारमा जानसक्ने चेतावनी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: