Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

ललितपुरकाे कुसुन्तीमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास

खबरडबली संवाददाता

लिलतपुर । ललितपुर महानगरपालिकाको चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकासे पुल निर्माण हुने भएको छ । ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएकमो हो । 

एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ । महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकासे पुल निर्माण कार्यको सोमबार शिलान्यास गरेका हुन् ।  

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए ।  ‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकासेपुल बनाउने निधो गरेका हौँ,’ मेयर महर्जनले भने, ‘शारीरिकरूपमा अशक्त बालबालिका,ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ ।’  

संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समय (१२ महिना) भित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए । उनले पुल निर्माणमा काम गर्ने कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम लगाउनुपर्नेमा जोड दिँदै पुल निर्माणको कार्य समयमै सक्नुपर्ने र गुणस्तरीय हुनुपर्ने बताए ।

‘पुलको क्यालिटिमा कुनै हालतमा कम्प्रोमाइज गर्नु हुँदैन । गुणस्तरमा कम्प्रोमाइज गर्दा काम राम्रो हुँदैन । पुल राम्रो नबने सबैभन्दा पहिला बनाउने ठेकेदारको नाम आउँछ र ठेकेदार बेइज्जत हुन्छ । त्यसपछि परामर्शदाताको नाम आउँछ उसको पनि बेइज्जत हुन्छ,’ मेयर महर्जनले भने, ‘त्यसपछि खत्तमको ठेकेदार र कन्सल्टेण्ट नियुक्त गरेर काम लगाउने को रहेछ भनेर जनताले सोध्छन् मेरो नाम आउँछ, त्यसपछि मै पनि खत्तम १ यी सबै कुरालाई ध्यानमा राखेर काम गर्नुहोला ।’   

उक्त पुल ललितपुर महानगर–१३ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हो । वडा नं.१३ का वडा अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिनै ४ वर्ष भन्दा धेरै समय गुनासो गर्दै भने, ‘पुल बनेपछि यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रो लागि खुसीको कुरा हो ।’  

महानगरले ठेकेदार कम्पनी लामा प्रगति–मनि बुद्ध जेभि, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले बताए । इन्जिनियर पौडेलका अनुसार यो आकासे पुल नेपालकै पहिलो लिफ्ट जडान सहितको अपाङ्गमैत्री पुल हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy