कञ्चनपुर । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् ।
पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र नाथ तेस्रो भए । दोस्रो भएका लोहारले रु १० हजार तथा तेस्रो भएका नाथले रु सात हजार पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी १० किलोमिटर दौडमा महिलातर्फ तुलसी रावत पहिलो, सुशीला महत दोस्रो तथा राधिका भण्डारी तेस्रो भए । पहिलो भएकी रावतले माउन्टेन बाइकसहित रु १५ हजार, दोस्रो भएकी महतले रु १० हजार र तेस्रो भएकी भण्डारीले रु सात हजारबाट पुरस्कृत भए ।
नेपाली सेनाले धनगढीस्थित रङ्गशालामा सेना दिवसका अवसरमा तीनदिने विविध सैनिक प्रदर्शनीका साथै ‘युनिटी रन’को आयोजना गरेको हो । यसैगरी कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ नेहा खड्का प्रथम, बागेश्वरी धामी द्वितीय र दिपिका जोशीले तृतीय भइन् ।
खड्काले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । सोही विधामा छात्रतर्फको पाँच किलोमिटर दौडमा विक्रम पार्की प्रथम, अमित आउजी द्वितीय र लक्ष्मण शाही तृतीय भए । पार्कीले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी कक्षा १० सम्मका विद्यार्थीका लागि आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ कमला बडुवाल प्रथम, लक्ष्मी भट्ट द्वितीय र पवित्रा सार्कीले तृतीय स्थान प्राप्त गरे । उपाधि विजेता बडुवालले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् ।
छात्रतर्फ पाँच किलोमिटर दौडमा मोहन विष्ट पहिलो, नन्दकिशोर विष्ट दोस्रो र लक्ष्मण महरा तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति गणेशकुमार श्रेष्ठ, पृतनाका सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, सैनिक श्रीमती सङ्घका पदाधिकारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: