बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ, जनप्रिय पार्टी बनाउनुपर्छ ।”
जनताको विश्वासको मत प्राप्त गर्न एमाले ‘मिसन–८४’ मा अघि बढेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालले बहुमत ल्याए मात्रै देशमा समृद्धि आउने बताए । “एमालेले बहुमत ल्याएर सुशासन ल्याउनुपर्छ । मिसन–८४ मा अहिलेदेखि लागौँ । नयाँ गठबन्धनले मिसन–८४ लाई सहयोग पुग्छ”, उनले भने ।
देशमा विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिँडेकाले असफल भएको बताए ।
उनले भने, “अघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भ्रष्टाचार बढ्यो, युवा पलायन भए, अर्थतन्त्र धराशायी भयो ।” नयाँ गठबन्धनमाथि जनताको ठूलो भरोसा रहेकाले कृषिको आधुनिकीकरण तथा व्यावसायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: