Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

बुढासुब्बा गोल्डकप: पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

खबरडबली संवाददाता

धरान । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो । मोरङ फुटबल एसोसिएसनका लागि महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । 

महेन्द्रले खेलको ७०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ८०औँ मिनेटमा पुलिसका सञ्जिव लामाले मोरङका मौसम लिम्बूलाई ‘डी एरिया’ मा लडाएपछि मोरङले पेनाल्टी प्रहार गर्ने अवसर पायो । उक्त पेनाल्टीमा उमेशले गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पुर्‍याए । खेलको इन्जुरी समयमा मोरङका सुशीलले तेस्रो गोल गरे । 

जितसँगै मोरङले आयोजक धरान फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा ‘म्यान अफ दी म्याच’ मोरङका उमेश कार्की घोषित भए ।  उनले रु १० हजार पुरस्कार प्राप्त गरे । मङ्गलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...

महोत्तरीमा हृदयाघातबाट एक थुनुवाको मृत्यु

महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ ।  लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...

भाेलि राति पश्चिमी भूभागमा पानी पर्ने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ ।  महाशाखाका मौसमवि...

कास्की प्रहरीले रविकाे सांसद पद निलम्बन गर्नकाे लागि सभामुखलाई पठायो पत्र

काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...

बानेश्वरकाे साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।  उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...

सर्लाहीमा ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...

धनगढीमा आधा किलो बढी सुनसहित दुई पक्राउ

धनगढी । अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने ...

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

नवलपुर । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गर...

मकवानपुरमा रुखको हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङमा रुखको हाँगा भाँचिएर लाग्दा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका- ५ ठाडे गाउँका ५० वर्षीय...

खोटाङ र उदयपुर जोड्ने सुनकाेसी नदीकाे फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण सुरु

उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy