काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसमेत दलगत स्वार्थका आधारमा हुने प्रवृत्तिले शिक्षाको गुणस्तरमा गम्भीर असर परेको बताए।
उनले भने, ‘शिक्षामा राजनीति होइन, दलीयकरण भयो। व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक आफ्नै मान्छे र शिक्षक पनि आफ्नै मान्छे चाहिने प्रवृत्तिबाट अब बाहिर निस्कनुपर्छ। यो राजनीति होइन, दलीयकरण हो।’
थापाले शिक्षकहरूले दलभन्दा माथि उठेर आफ्नो पेशागत जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। उनका अनुसार शिक्षाको गुणस्तर सुधार्ने सबैभन्दा प्रभावकारी माध्यम शिक्षकको जिम्मेवार भूमिका हो।
कांग्रेससँग आबद्ध शिक्षकहरूलाई सम्बोधन गर्दै उनले विद्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे।
उनले भने, ‘आज कांग्रेसको सभापतिका रूपमा शिक्षक संघमा आबद्ध सबै शिक्षकलाई मेरो आग्रह छ– आफ्नो भूमिका विद्यालयमा इमान्दारीपूर्वक निर्वाह गर्नुहोस्। त्योभन्दा ठूलो गुण नेपाली कांग्रेसलाई अरू केही हुन सक्दैन।’
थापाले समुन्नत नेपाल निर्माणका लागि शिक्षकहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै दलीय स्वार्थभन्दा माथि उठेर शिक्षा क्षेत्रलाई सक्षम र प्रतिस्पर्धी बनाउन सबै पक्ष लाग्नुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १९:२६
दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...
आषाढ़ १९ गते, २०८३ - १९:१६
काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...
आषाढ़ १९ गते, २०८३ - १९:१३
काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...
आषाढ़ १९ गते, २०८३ - १९:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...
आषाढ़ १९ गते, २०८३ - १९:०३
जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...
आषाढ़ १९ गते, २०८३ - १८:५८
काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...
आषाढ़ १९ गते, २०८३ - १८:५४
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...



प्रतिकृया लेख्नुहोस्: