Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

हरेक निर्णयमा अड्को थाप्ने कांग्रेस नहुँदा कर्णाली सरकारलाई हाइसन्चो

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने हरेक निर्णय मुख्यमन्त्री राजकुमार शर्मा भन्दा पनि तत्कालिन सत्तामा साथ दिएको नेपाली कांग्रेसका नेतासँग पुग्ने गरेको थियो । कांग्रेसको तर्फबाट कर्णाली प्रदेशसभामा संसदीय दलका नेता रहेका जीवनबहादुर शाहीसँग पुग्दा सबै काम अलझिने गरेको आरोप थियो । शाही पूर्व मूख्यमन्त्री समेत हुन । 

कांग्रेसले समालेका मन्त्रालयमा केही निर्णय गर्नु परेमा मुख्यमन्त्री शर्मा भन्दा अगाडी दलका नेता तथा पुर्व मुख्यमन्त्री शाही समक्ष कुरा पुग्ने गरेको थियो । शाहीलाई कांग्रेसले समालेको मन्त्रालयले गर्ने कामहरु चित्त बुझेमा मात्र फाइलहरु अगाडी बढ्ने गर्दथ्यो भने चित्त नबुझे बीचमै तुहिने गरेको मूख्यमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन् ।

सरकार सञ्चालन तथा प्रभावकारी नतिजा निकाल्नका लागि मूख्यमन्त्री शर्मासँग मन्त्री परिषदका सदस्यले सल्लाह गर्नुपर्ने ठाउँमा पूर्वमुख्यमन्त्री शाहीसँग बढी कांग्रेस निकट मन्त्रीहरु सल्लाह गर्दा काममा दैनिक बाधा पुग्दै आएको मुख्यमन्त्रीको गुनासो थियो ।

स्रोतका अनुसार मुख्यन्त्रीले गर्न खोजेको निर्णयलाई सबै भन्दा पहिला कांग्रेसका संसदीय दलका नेता शाहीको टेबुलमा पुग्ने र उनले फाइनल नगरुन्जेल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कांग्रेस निकट मन्त्रीले चलाएको मन्त्रालयबाट मन्त्री परिषदमा जाने एजेण्डा नै निर्माण नहुने अवस्थाले गर्दा मुख्यमन्त्री शर्मा हैरान हुँदै आएका थिए । 

आन्तरिक मामिला तथा योजना मन्त्रालय , सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको थियो । यि मन्त्रालयबाट हुने हरेक निर्णय, एजेण्डाहरु मुख्यमन्त्री शर्मा भन्दा पनि अगाडी कांग्रेस संसदीय दलका नेता शाहीसँग गएर टुंगो लागेपछि मात्र मन्त्रीपरिषदमा एजेण्डाको रुपमा जाने गरेको एक कर्मचारीले समेत बताएका छन् ।

प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने बजेट भाषण तथा प्रदेशसभामा पास भएपनि कांग्रेसकै चाहनामा सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रतिस्ठान बनाउने भन्दै सहमति दिइएको थियो ।

कतिसम्म भने माओवादीले समालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सामाजिक विकास मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकार गरेपछि गठबन्धनमा द्धन्द्ध बढेको थियो ।

 बजेट भाषण र प्रदेशसभाबाट शिक्षण अस्पताल बनाउने भन्दै बजेट पास गर्ने तर अहिले आएर प्रतिस्ठान बनाउने भन्दै फाइल अगाडी बढाउन खोज्दा माओवादीले समालेको कानुन मन्त्रालयबाट सहमति पाउन सकेको थिएन ।

त्यस्तै सञ्चार प्रतिस्ठान बनाउने भन्दै माओवादीले समालेको कानुन मन्त्रालयले लेखेको पत्र कांग्रेसले समालेको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट फिर्ता पठाएको थियो । प्रतिस्ठान बनाउन सहमति दिएमा मात्र सञ्चार प्रतिस्ठान बनाउन सहमति दिने भागबण्डा गर्न खोजेपछि दुबै काम अगाडी बढन सकेन । मुख्यमन्त्रीको सचिवालयमा अनुसार मुख्यमन्त्री कार्यालयले छिटो ,छिटो परिणाम ल्याउनका लागि मन्त्रीहरुलाई दिएको काम समेत तोकिएको समयमा नगर्दा समस्य पर्दै आएको थियो । 

प्रदेश सरकारले काम गर्न सकेन भनेर आलोचना भइरहदा कांग्रेस र माओवादीका स्वार्थका कारण प्रदेश सरकारले गति लिन नसकेको प्रस्ट भएको जानकारहरु बताउँछन् । अहिले कांग्रेस सरकारबाट बाहिरिएसँगै माओवादीलाइ हाइसन्चो भएको बताइन्छ ।

सरकार सञ्चालनको कुरा मुख्यमन्त्री कार्यालयमा छलफल भन्दा पनि पार्टी कार्यालय तथा केही नेताहरुको चाहनामा सञ्चालन हुँदा प्रदेश सरकारको गती नदेखिएको आरोप लाग्दै आएको छ । अब नेकपा एमाले प्रदेश सरकारमा सहभागी हुने छ । मुख्यमन्त्री एमालेलाई चाहिन्छ भन्दै प्रकाशित भएका समाचारहरुलाई खण्डन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कडेलले आफूले मुख्यमन्त्रीको विषयमा कुनै प्रतिक्रिया नदिएको बताए । उनले केन्द्रमा भएको सहमतिका आधारमा नै अगाडी बढने बताए ।

कर्णालीमा सरकार बनाउनका लागि आवश्यक पर्ने २१ सिट रहेको छ । माओवादीसँग १३ सिट , नेकपा एमालेसँग १० सिट रहेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी ) सँग १ सिट रहेको छ । यो सरकार बनाउनका लागि चाहिने सिट भन्दा ३  सिट बढी रहेको छ । 

रोखिएका योजनाहरु सूचारु
टुक्रे योजनाहरु कार्यान्वन नगर्ने भन्दै रोखिएका योजनाहरु प्रदेश सरकारले पून सञ्चालनमा ल्याएको छ । जलस्रोत तथा उर्जा विकास कार्यालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका १५ लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर पत्र लेखिएको मूख्यमन्त्री राजकुमार शर्माले बताए ।

त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट जिल्लाहरुमा पठाएका ३० भन्दा माथीका योजनाहरु पनि कार्यान्वनमा लिने भएको उनले बताए । १५ र ३० लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर सबै योजनाहरु काम अगाडी बढाउन निर्देशन दिइएको मुख्यमन्त्री शर्माले बताए । योजनाहरु फुकुवा गरेसँगै जिल्लामा सम्झौता गर्नेहरुको संख्य समेत बढेको छ ।

८० भन्दा बढी योजनाहरु कार्यान्वनमा गएको अवस्था छ । खानेपानी ,सिँचाइ लगाएतका क्षेत्रमा १५ लाखले समेत भारी काम गर्न सकिने अवस्था रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले बताइन् । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविको फोटो सार्वजनिकपछि रञ्जिता भन्छिन्ः ‘हामीमाथि विभेद भएकै हो’

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको सार्वजनिक हिरासतको तस्वीरप्रति नागरिक उन्मुक्ति...

माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फिरफिरे फिरिरी’ को अलमल जिन्दगी

काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको स्याड भर्सनको गीत रिलिज गरिएको हो । ...

प्रधानमन्त्री ओली अस्वस्थ भएसँगै मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको पेटमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्क...

बतासेडाँडामा जिप दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर...

बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

काठमाडौं । भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमम...

रबि लामिछानेको तस्विर सार्बजनिक गर्ने डा. भुषालमाथी कारबाही हुने

पोखरा  । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको हिरासतको तस्विर सार्बजनिक गर्नेलाइ कारबाही हुने भएको छ ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले ह...

यात्रुबस दुर्घटना हुँदा ५० जनाको मृत्यु, ७६ जना घाइते

काठमाडाैं  । अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको ह...

कारोबारको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो स...

नेविसंघमा देउवा–गगन पक्षका प्रतिनिधि छानिदा शेखर पक्ष असन्तुष्ट

काठमाडौं । नेपाल विद्यार्थी संघभित्र प्रतिनिधि खटाएको विषयलाई लिएर विवाद देखिएको छ । नेविसंघले १२ औं महाधिवेशन केन्द्रीत राष्ट्रव्यापी सदस्यता वितरण ए...

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद, अघि बढ्यो नेतृत्व चयन प्रक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy