काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताका बीचमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिनुसार नेपाल पनि प्रधानमन्त्री हुने भएका हुन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा सातबुँदे सहमतिपत्र सार्वजनिक हुनुभन्दा अघि छलफल भएको थियो ।
सो छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने अलिखित सहमति भएको छ । सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ ।
‘यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा भएको सहमतिनुसार नै अब एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो,’ ती नेताले भने, ‘अबको ४ वर्षमा आमनिर्वाचन हुन्छ, यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।’ यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन । अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ ।
तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १३÷१३ महिना प्रधानमन्त्री हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए । प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ ।
नेपालले कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमति उल्लेख गर्दै अबको दिनमा नयाँ गठबन्धनले कसरी अगाडि बढ्ने र पावर सेयरिङ हुने’boutमा जिज्ञासा राखेका थिए । सत्ता र शक्तिको बाँडफाँटमा नेपालको जिज्ञासानुसार प्रचण्ड र ओली पनि त्यस्तै सहमति गर्न सहमत भएका बताइएको छ । नेपाल नयाँ गठबन्धनमा नआउँदा गठबन्धन भत्किनसक्ने भएकाले पावर सेयरिङका विषयमा तीन नेताका बीचमा सहमति जुटेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: