Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

चार सय बढी विद्यार्थीको आँखा परीक्षण

खबरडबली संवाददाता

म्याग्दी ।  म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । 

ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती माविमा दुई सय १७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक सुस्मिता थापाले जानकारी दिए । 

शिविरमा म्याग्दी जेसिजका शाखा अध्यक्षसमेत रहनुभएका नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गर्नुभएको थियो । शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षणसँगसँगै आँखाको भित्री भाग दृष्टि नसा, रेटिनालगायतको जाँच गरिएको उनले बताए  ।

आँखा परीक्षणका क्रममा दृष्टिभ्रमको समस्या पहिचान भएका विद्यार्थीलाई नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखामार्फत हिमालय आँखा अस्पतालबाट निःशुल्क चश्मा माग गरी उपलब्ध गराउने म्याग्दी जेसिजले जनाएको छ ।

कार्यक्रममा बेनी –४ का वडाध्यक्ष  अणबहादुर खड्काले विद्यालयमै आएर विद्यार्थी र शिक्षकको आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको बताए ।

अठार वर्षदेखि ४० वर्षभित्रका युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसिजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy