काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रु दुई करोड ५० लाख लागतमा ठमेल क्षेत्रभित्रको सडक कालोपत्र गरेको छ ।
महानगरपालिको सहयोगमा कामपा–२६ ले ठमेल क्षेत्रको अमृत मार्ग, पर्यटन मार्ग, वैशाली मार्ग र भगवती मार्गका सडक कालोपत्र गरेको हो । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका सडक कालोपत्र भएसँगै वसन्त ऋतुमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई समेत हिँड्डुलमा सहज भएको छ ।
वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम सुरु गरेको जानकारी दिए । “ढल खन्दा र बिजुलीको तार ‘अन्डरग्राउन्ड’ गर्दा बाटो खनिएको हो, हामीले उक्त बाटोलाई पुरेर कालोपत्र गरेका छौँ”, उनले भने । पछिल्लो समय ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ठमेल पर्यटन विकास परिषद् लागिरहेको छ ।
परिषद्ले विभिन्न निकायको सहकार्यमा ठमेलभित्र अव्यवस्थित रुपमा रहेका बिजुली तथा इन्टरनेटका तार हटाउने, ढललाई व्यवस्थित गर्ने, सिसी क्यामरा जडान गर्नेलगायतका काम गर्दै आएको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए। ठमेलभित्र हाल दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...
फाल्गुन २८ गते, २०८२ - १३:५९
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...
फाल्गुन २८ गते, २०८२ - १३:३४
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...
फाल्गुन २८ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...
फाल्गुन २८ गते, २०८२ - १३:१६
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् । निर्वाचन सुरक्षामा ४० दिनसम्म पर...
फाल्गुन २८ गते, २०८२ - १३:०२
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गा...
फाल्गुन २८ गते, २०८२ - १२:४९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...
फाल्गुन २८ गते, २०८२ - १२:४३
काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...
फाल्गुन २८ गते, २०८२ - १२:०९
काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:४९
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै केपी शर्मा ओली ले आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका...



प्रतिकृया लेख्नुहोस्: