Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

जनावरको आक्रमणका कारण एक बर्षमा २३ हजार अस्ट्रेलियाली घाइते

खबरडबली संवाददाता

काठमाडाैं । सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अष्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्लु) ले बुधबार प्रकाशित गरेको रिपोर्ट अनुसार जुन २०२२ को अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा जनावरका कारण २३ हजार ३८० व्यक्ति घाइते भएका र अस्पताल भर्ना हुनु परेको थियो ।

अस्पतालमा भर्ना हुनेमध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत गाईवस्तु, २१  प्रतिशत वन्यजन्तु र विषालु जनावर तथा २.२ प्रतिशत समुद्री जनावरको आक्रमणको कारण घाइते भएको रिपोर्टमा जनाइएको छ ।

सन् २०२१/२२ मा अष्ट्रेलियामा घाइते भई अस्पताल पुगेका विरामीमध्ये ९०.५ प्रतिशत जनावरको आक्रमण वा सम्पर्कको कारणले घाइते भएका थिए । योे सन् २०१२÷१३ को भन्दा ६६.५ प्रतिशत बढी हो । 

अस्पताल भर्ना भएका ५७ प्रतिशत बिरामीहरूमा  खुल्ला घाउ तथा सामान्य प्रकारको चोट थियो भने १५ प्रतिशतमा भाँचिीएको र १० प्रतिशतमा विषाक्त प्रभावहरू थिए ।

वन्यजन्तु र विषालु जनावरहरूमा सरीसृपको टोकाइका कारण सबैभन्दा बढी अस्पतालमा भर्ना हुनुपरेको थियो भने त्यसपछि अन्य कीराको टोकाइ वा सम्पर्कका कारण अस्पताल सेवा लिनुपरेको थियो । 

अष्ट्रेलिया विश्वको सबैभन्दा विषालु जनावरहरूको घर हो, तर अस्ट्रेलियालीहरू विषालु जनावरहरूको तुलनामा गैर–विषालु संलग्न चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना ६.६  गुणा बढी रहेको एआईएचडब्ल्यूकी प्रवक्ता सारा अहमदले बताए ।  

महिलाहरू पुरुषहरू भन्दा १.२ गुणा बढी सामान्य पाल्तु जनावर सम्बन्धित चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending