Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जनावरको आक्रमणका कारण एक बर्षमा २३ हजार अस्ट्रेलियाली घाइते

खबरडबली संवाददाता

काठमाडाैं । सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अष्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्लु) ले बुधबार प्रकाशित गरेको रिपोर्ट अनुसार जुन २०२२ को अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा जनावरका कारण २३ हजार ३८० व्यक्ति घाइते भएका र अस्पताल भर्ना हुनु परेको थियो ।

अस्पतालमा भर्ना हुनेमध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत गाईवस्तु, २१  प्रतिशत वन्यजन्तु र विषालु जनावर तथा २.२ प्रतिशत समुद्री जनावरको आक्रमणको कारण घाइते भएको रिपोर्टमा जनाइएको छ ।

सन् २०२१/२२ मा अष्ट्रेलियामा घाइते भई अस्पताल पुगेका विरामीमध्ये ९०.५ प्रतिशत जनावरको आक्रमण वा सम्पर्कको कारणले घाइते भएका थिए । योे सन् २०१२÷१३ को भन्दा ६६.५ प्रतिशत बढी हो । 

अस्पताल भर्ना भएका ५७ प्रतिशत बिरामीहरूमा  खुल्ला घाउ तथा सामान्य प्रकारको चोट थियो भने १५ प्रतिशतमा भाँचिीएको र १० प्रतिशतमा विषाक्त प्रभावहरू थिए ।

वन्यजन्तु र विषालु जनावरहरूमा सरीसृपको टोकाइका कारण सबैभन्दा बढी अस्पतालमा भर्ना हुनुपरेको थियो भने त्यसपछि अन्य कीराको टोकाइ वा सम्पर्कका कारण अस्पताल सेवा लिनुपरेको थियो । 

अष्ट्रेलिया विश्वको सबैभन्दा विषालु जनावरहरूको घर हो, तर अस्ट्रेलियालीहरू विषालु जनावरहरूको तुलनामा गैर–विषालु संलग्न चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना ६.६  गुणा बढी रहेको एआईएचडब्ल्यूकी प्रवक्ता सारा अहमदले बताए ।  

महिलाहरू पुरुषहरू भन्दा १.२ गुणा बढी सामान्य पाल्तु जनावर सम्बन्धित चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy