Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित

खबरडबली संवाददाता

चितवन । चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । 

नेपाल मौरीपालक महासङ्घ चितवन शाखाले उत्पादित मह बिक्री हुन नसकेकाले बजार व्यवस्थापनका लागि आग्रह गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

मौरीपालक किसानको समस्या अल्पकालीन र दीर्घकालीन रुपमा समाधान हुनुपर्ने माग राखेर महासङ्घले सरकारको ध्यानाकर्षण गराएको हो । 

नेपाली महभन्दा आयातीत मह सस्तो भएकाले विदेशबाट आयात गरिने महमा ६० प्रतिशतभन्दा बढी भन्सार शुल्क बढाउन तथा स्थानीयरुपमा उत्पादन भइरहको मह उत्पादन लागत घटाउन पहल गरिनुपर्ने, स्थानीयरुपमा उत्पादित मह घरमै थन्किएको तथा महको आयात बढ्दै गएकाले यसलाई रोकेर नेपाली उत्पादनको खपत बढाउन वातावरण तयार गरिदिन सरकारसँग महासङ्घले माग गरेको छ ।

महासङ्घका जिल्ला शाखा अध्यक्ष दुर्गालाल तामाङका अनुसार नेपालमा हाल वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ भने खपत नौ हजार मेट्रिक टन भइरहेको छ । नेपालमा हाल १३ हजार आठ सय किसान यस पेसामा आबद्ध छन् । 

उनीहरुसँग एक लाख २० हजार गोला मेलीफेरा र एक लाख ७० हजार सेराना मौरीका गोला रहेको तथ्याङ्क छ । किसानको समस्या समाधानका लागि लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने, उत्पादन र उपभोगको सन्तुलन मिलाउँदै आयातित मह प्रतिबन्ध गरिनुपर्नेलगायत ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ । 

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले किसानका समस्या समाधानका लागि सरकारको ध्यान केन्द्रित हुने बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending