चितवन । चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।
नेपाल मौरीपालक महासङ्घ चितवन शाखाले उत्पादित मह बिक्री हुन नसकेकाले बजार व्यवस्थापनका लागि आग्रह गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मौरीपालक किसानको समस्या अल्पकालीन र दीर्घकालीन रुपमा समाधान हुनुपर्ने माग राखेर महासङ्घले सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाली महभन्दा आयातीत मह सस्तो भएकाले विदेशबाट आयात गरिने महमा ६० प्रतिशतभन्दा बढी भन्सार शुल्क बढाउन तथा स्थानीयरुपमा उत्पादन भइरहको मह उत्पादन लागत घटाउन पहल गरिनुपर्ने, स्थानीयरुपमा उत्पादित मह घरमै थन्किएको तथा महको आयात बढ्दै गएकाले यसलाई रोकेर नेपाली उत्पादनको खपत बढाउन वातावरण तयार गरिदिन सरकारसँग महासङ्घले माग गरेको छ ।
महासङ्घका जिल्ला शाखा अध्यक्ष दुर्गालाल तामाङका अनुसार नेपालमा हाल वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ भने खपत नौ हजार मेट्रिक टन भइरहेको छ । नेपालमा हाल १३ हजार आठ सय किसान यस पेसामा आबद्ध छन् ।
उनीहरुसँग एक लाख २० हजार गोला मेलीफेरा र एक लाख ७० हजार सेराना मौरीका गोला रहेको तथ्याङ्क छ । किसानको समस्या समाधानका लागि लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने, उत्पादन र उपभोगको सन्तुलन मिलाउँदै आयातित मह प्रतिबन्ध गरिनुपर्नेलगायत ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले किसानका समस्या समाधानका लागि सरकारको ध्यान केन्द्रित हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: