काठमाडौ। नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साझ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ ।
राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायकरगायिकाले प्रस्तुत गर्ने छन् ।
प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, 'नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ । गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर वास्तविक गजलको लेखन र गायनमा कमी देखिन्छ । यसलाई पूरा गर्ने हाम्रो प्रयास हो ।'
नेपाली गजललाई शास्त्रीय धारमा परिष्कृत गर्न प्रतिष्ठानले बहस, छलफल र पाठशालाहरू चलाइरहेको उनको भनाइ छ ।प्रतिष्ठानले हरेक २ महिनामा 'गजल मुशायरा' पनि गर्दै आएको छ । काठमाडौँमा ३ वटा मुशायरा सम्पन्न गरिसकेको छ भने झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरेको प्रतिष्ठानका सचिव अनजान यात्रीले जानकारी दिए । यस अगाडि गत वर्षको मोती जयन्तीका अवसरमा पनि प्रतिष्ठानले यस्तै गजल गुञ्जन कार्यक्रम गरेको थियो ।
'गजललाई जबसम्म गायनमा ल्याउन सकिँदैन, यसले आमजनमा अस्तित्व देखाउन नसक्ने रहेछ', यात्री भन्छन्, 'नेपाली गजललाई अब तीव्र रूपमा गायनमा ल्याउन आवश्यक छ ।'
कार्यक्रममा प्रवेश खुला गरिएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार सोही अवसरमा नेपाली गजल उन्नयननमा लामो सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई 'के लत बस्यो मलाई' पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम छ । पुरस्कार राशि क्रमशस् ३५ हजार र १५ हजार रुपैयाँ छ !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...
पौष ४ गते, २०८२ - १४:३०
ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...
पौष ४ गते, २०८२ - १४:१८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...
पौष ४ गते, २०८२ - १३:५५
काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...
पौष ४ गते, २०८२ - १३:४८
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...
पौष ४ गते, २०८२ - १३:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...
पौष ४ गते, २०८२ - १३:३०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...
पौष ४ गते, २०८२ - १३:२२
पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...
पौष ४ गते, २०८२ - १३:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...
पौष ४ गते, २०८२ - १२:३१
काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...




प्रतिकृया लेख्नुहोस्: