Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

इयु सदस्यताबारे छलफल गर्न प्रधानमन्त्रीको आर्मेनियालीहरूलाई आह्वान

खबरडबली संवाददाता

एजेन्सी । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीबार युरोपेली सङ्घ (इयु) को सदस्यताका लागि आवेदन दिने सम्भावनामाथि व्यापक सार्वजनिक छलफलको आह्वान गरेका छन् । पूर्व–सोभियत मुलुक आर्मेनियाको रुससँगको सम्बन्ध तनावपूर्ण छ । 

युक्रेनमा मस्कोको युद्धले इयुको विस्तार अभियानलाई पुनः बलियो बनाएको छ । ब्रसेल्सले वर्षौंको अनिच्छापछि इयुका आकांक्षी युक्रेन, माल्दोभा र जर्जियालाई औपचारिक सदस्यताको मार्गमा राखेको छ । मस्कोबाट आर्मेनियाको परिवर्तनले ककेसस मुलुकको सरकारले कट्टर दुश्मन छिमेकी अजरबैजानसँगको सुरक्षा खतरासामु आफ्नो रक्षा गर्न रुस असफल भएको उजागर गरेको बताएको छ । 

प्रधानमन्त्री पाशिन्यानले बिहीबार इयुमा सामेल हुने सम्भावना ‘समाजमा व्यापकरूपमा चर्चाको विषय बन्नुपर्ने’ बताए । उनकाे उक्त टिप्पणी युरोपेली संसद्ले यसै साता ‘इयु र आर्मेनियाबीच घनिष्ठ सम्बन्धमाथि’ एउटा प्रस्ताव पारित गरेपछि आएको हो । प्रस्तावमा येरेभानको अन्तिम सदस्यता आवेदनले ‘इयु–आर्मेनिया सम्बन्धमा एउटा परिवर्तनकारी चरणका लागि मञ्चार तयार गर्न सक्छ’ भनिएको छ । 

येरेभानमा एक सरकारी बैठकमा पाशिन्यानले भने, “यो आर्मेनियाको भविष्यको बारेमा हाम्रो दृष्टिकोणमाथि चर्चा गर्ने एउटा अवसर हो ।” आफ्नो मन्त्रिमण्डलमा इयुसँग आर्मेनियाको सम्बन्धलाई अधकतम गहिरो बनाउने दिशामा काम गरिरहने राजनीतिक इच्छाशक्ति भएको उनले बताए । 

इयुमा सामेल हुने विचारबारे विगतका महिनाहरूमा पाशिन्यानको राजनीतिक टिमभित्र सक्रियरूपमा चर्चा भइरहेको थियो । विदेशमन्त्री अरारत मिर्जोयान र संसद् अध्यक्ष एलन सिमोनियनले सार्वजनिकरूपमा आर्मेनियाको युरोपेली आकांक्षाबारे कुरा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy